काबेलीदेखि माझीटारसम्म व्यावसायिक जलयात्रा सञ्चालनमा
ताप्लेजुङ । पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेलीखोलादेखि लिम्बुनीपुल, पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ । पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले ¥याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीबाट माझीटारसम्म १२...