‘गो ब्याक इन्डिया’ को नारा लगाउदै झापाका विद्यार्थी संगठनको विरोध - Pahilo Online

‘गो ब्याक इन्डिया’ को नारा लगाउदै झापाका विद्यार्थी संगठनको विरोध

writer

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विद्यार्थीले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। नेवि संघ झापा र मेची बहुमुखी क्याम्पस नेवि संघ इकाइ समिति भद्रपुरले झापाको सदरमुकाम भद्रपुरमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका हुन्।

विद्यार्थी मेची बहुमुखी क्याम्पस परिसरबाट निस्किएको विरोध र्याली क्याम्पसमोड, एसपीमोड, ट्रेड युनियन चोक हुँदै सिडिओ कार्यालय अगाडिबाट चन्द्रगढी बजारबाट लेखनाचोक हुँदै ट्रेड युनियन चोकमा आएर कोणसभा गरेका थिए। हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ, भारतीय विस्तारबाद मुर्दाबाट, सरकार किन मौन छ भन्दै ¥यालीमा सहभागी विद्यार्थीले नाराबाजीसमेत गरेका थिए। यता, विरोध सभालाई सम्बोधन गर्दै नेवि संघ झापाका सभापति भुवन बुढाथोकीले भारतले पटक पटक नेपाली भूमि अतिक्रमण गर्दै आइरहेको अवस्थामा पनि सरकार मौन रहेकोमा खेद प्रकट गरे। उनले भारतीय विस्तारवादविरुद्ध सीमा क्षेत्रमा गएर पनि प्रदर्शन गर्न विद्यार्थीहरू पछि नहट्ने बताए। ‘भारतको भूमि मिच्या कर्तुतले नेपालका अरू भूमि पनि आउँदो दिनमा नमिच्ने भन्न सकिँदैन, त्यसैले यसको विरोधसँगै सरकारको गम्भीर ध्यानाकर्षण गराउन विद्यार्थी सडकमा उत्रिएको हो’, उनले भने।

उता, सत्तारूढ नेकपाका भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेको अनेरास्ववियुका रोशन लामाले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes