कुकुरको विभत्स हत्या गर्ने साथै घर तोडफोड गर्ने तीन जना पक्राउ - Pahilo Online

कुकुरको विभत्स हत्या गर्ने साथै घर तोडफोड गर्ने तीन जना पक्राउ

writer

इटहरी । इटहरी १ स्थित पिपल चौकमा तीनदिन अघि धारिलो हतियार प्रहार गरी घरपालुवा कुकुरको हत्या गर्नुको साथै घर तोडफोडमा संलग्न ३ जना पक्राउ परेका छन् । बुधबार स्थानिय मोहन बिश्वकर्माको घरमा प्रबेश गरेर घर तोडफोड गर्नुको साथै जर्मन सेफर्ड जातको कुकुरको हत्या गर्ने इटहरीका बिशाल माझी, मनोज भण्डारी र सुदिप राई पक्राउ परेका हुन् ।

घटनापछि उनिहरु फरार थिए । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनिहरुलाई लुकिछिपी बसेको अबस्थामा मोरङको पथरीबाट पक्राउ गरिएको हो । मोहन बिश्वकर्माका छोरा आयुससँग भएको सामान्य विवादमा राती १२–१३ जनाको समूहमा आएका युवाहरुले घरको मुख्य ढोका र झ्याल तोडफोड गरेका थिए । घरमा एक्लै रहेका छोरा आयुसलाई आक्रमण गर्ने हिसाबले सुदिप राईको नेतृत्वको युवा समूहले ढोका नजिक बाधिएको कुकुरको धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरेका थिए ।

प्रहरीका अनुसार आयुस र सुदिप बिच शुरुमा बिवाद भएको थियो । राती ७ बजे सुदिपले युवाहरु बोलाएर आयुसलाई आक्रमण गर्ने हिसाबले घर भित्र छिरेका थिए । तर आयुस ढोका थुनेर लुकेपछि आक्रोशित युवाहरुले कुकुरलाई काटेर फर्किएका थिए । घटनापछि उनिहरु बिरुद्ध अभद्र ब्यवहार मुद्धामा किटानी जाहेरी दिइएको थियो । प्रहरीले तिनैजनालाई पथरीबाट आफन्तको घरमा लुकीछिपी बसेको सूचनाको आधारमा पथरी प्रहरीको सहयोगमा पक्राउ गरिएको बताइएको छ । प्रहरीले उनिहरुको साथमा घटनामा प्रयोग भएको हतियार समेत बरामद गरेको छ । घटनामा अन्य युवाहरु पनि संलग्न भएको र उनिहरुको पनि खोजतलास भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes