
पथरी । मोरङको केराबारी—६ स्थित आहाले सामुदायिक वन उपभोक्ता समूहको छैटौ वार्षिक साधारण सभा विविध कार्यक्रम का बीच सम्पन्न गरेको छ ।
शनिबार आयोजित सभामा अध्यक्ष मोतिबहादुर सिंजाली मगरले आ.व. २०७६÷०७७ कालागि वार्षिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमका अवसरमा वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

आहाले सामुदायिक वन वि.सं. २०५९ सालदेखि उपभोक्ताले संरक्षण गर्दै आएको वन वि.सं. २०७१ मा कार्ययोजना स्वीकृत भई विधिवत रुपमा १ सय ११ दशमलब ०६ हेक्टर वन क्षेत्र समूहलाई हस्तान्तरण भएको हो । आहाले सामुदायिक वनले २ सय ६ घरधुरीलाई वन पैदावर उपलब्ध गराउँदै आएको छ । वन समूहले सार्वजनिक मावि, जनता आधारभुत विद्यालयलाई विगत वर्षहरुमा पटक पटक फर्निचरका लागि गोलिया काठ तथा नगद सहयोग गर्दै आएको कार्यालय सचिव जहानसिंह तामाङले जानकारी दिए । कार्यालय सचिव तामाङका अनुसार आहाले सामुदायिक वनले मन्दिर, गुम्बा, खानेपानी, बाटो, विद्युत, खेलकुद र बाढीपिडितलगातयलाई आर्थिक सहयोग गरेको छ ।
कमसल जातको काठले भरीएको आहाले सामुदायिक वन उपभोक्ता समूहले अन्यत्रबाट सालका विउ संकलन गरी वन क्षेत्रमा रोप्ने काम गरेको छ । जुन जिल्लाकै नमुना भएको भन्दै विगत वर्षमा डिभिजन वन कार्यालय मोरङले प्रथम पुरस्कार समेत प्रदान गरेको थियो । समूहले अन्य समूहले गरेका प्रगतिबाट सिक्ने उद्देश्यले अन्तर सामुदायिक वन अवलोकन भ्रमण समेत गरेको छ । जसमा पश्चिम नेपालका उत्कृष्ट सामुदायिक वनहरुको अध्ययन अवलोकन गरेको हो ।
यसैगरी, छैटौ चुनावी साधारणसभाले यमबहादुर तामाङको अध्यक्षतमा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपीलाला तामाङ, सचिवमा जमुनादेवी थापा भण्डारी, सह–सचिवमा नगेन्द्र सिंजाली मगर र कोषाध्यक्षमा मनकुमार तामाङ रहेका छन् ।

समितिको सदस्यहरुमा जानुका घिमिरे, जगतबहादुर सार्की, टंकबहादुर विष्ट, राजकुमार श्रेष्ठ, शान्ति भुलेज लिम्बू, डेढराज भण्डारी, चित्रकुमार तामाङ, सिता दर्नाल र कमला खनाल रहेका छन् । समितिको एक जना सदस्य भनें नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनयन गर्ने कुरा पूर्व अध्यक्ष मोतिबहादुर सिंजाली मगरले जानकारी दिए ।