नमुना सामुदायिक वनले गर्यो ज्वेष्ठलाई सम्मान - Pahilo Online

नमुना सामुदायिक वनले गर्यो ज्वेष्ठलाई सम्मान

writer

पहिलो अनलाइन

लेटाङ । लेटाङ–३ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको १९औं वार्षिक साधारणसभाका अवसरमा जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र पूर्व सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको छ । शुक्रबार कार्यालय परिसरमा आयोजित समारोहका बीच समूहले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिति लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् । समूहले शारिरिक अशक्तहरु लक्ष्मि राई, रामबहादुर विश्वकर्मा, छलमाया सुबेदी, गोमा तामाङ र निमादेवी खनाललाई जनही नगद रु. ५ हजारका दरले सम्मान गरेको थियो । यसैगरी पूर्व सञ्चालकहरु मध्येबाट विद्या शाक्य, दिपेन्द्र रिसाल र मनकुमार श्रेष्ठलाई नगद सहित संमान पत्रले सम्मान गरेको थियो । समूहले विपन्न तथा एकल महिलाहरु पवित्रा परियार, गोमा कोरङ्गी र देवीमाया श्रेष्ठलाई नगद सहित सम्मान गरेको हो ।

यस्तै, श्रवण शक्ति र बोल्न नसक्नेहरु त्रिलोचन ढकाल, राजेन्द्र शाक्य, मौशम राई, फुर्वे राई, रामबहादुर श्रेष्ठ, माया गुरुङ र रामभक्त राईलाई समेत नगदले सम्मान गरेको थियो ।
कार्यक्रममा अध्यक्ष गोपाल शर्मा चौलागाईंले समुहका भावि योजना, सचिव खुशमाया घिमिरेले सांगठनीक र कोषाध्यक्ष सागर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष पुङबहादुर राईले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख शंकर राई, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश सदस्य रेणुका दाहाल, फेकोफन जिल्ला अध्यक्ष रामकृष्ण राई, फेकोफन नगर अध्यक्ष आनन्दसागर तिम्सिना, सहायक वन अधिकृत नरेन्द्र पराशरलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes