झापा कारागारमा यु.एन.एच.सि.आरद्वारा फायर मेसिन जडान - Pahilo Online

झापा कारागारमा यु.एन.एच.सि.आरद्वारा फायर मेसिन जडान

writer

झापा । झापा कारागार भद्रपुरमा पाँच वटा आगो नियन्त्रण गर्न रिजर्भ ट्याङ्की (फायर मेसिन) जडान गरिएको छ। आगलागीबाट हुने कैदी बन्दीको मानवीय दुर्घटनालाई लक्षित गरी झापा कारागारलाई यूएनएचसिआरले २५ केजी तीन वटा र १० केजीको दुई वटा गरी जम्मा पाँच वटा फायर मेसिन उपलब्ध गराएको हो यूएनएचसिआरका प्रतिनिधि हेमकृष्ण श्रेष्ठले कारागारमा पुगेर कारागारका जेलर राजेन्द्र निरौला र चौकीदार मोहन धिताललाई सो मेसिन शुक्रवार हस्तान्तरण गरेका हुन्। सो पाँच वटा मेसिनको मूल्य एक लाख ५० हजार रहेको जनाइएको छ।

कारागारमा रिजर्भ ट्याङ्कीसहितको फायर मेसिन प्राप्त भएलगतै महिला कारागारमा २५ केजीको एउटा, पुरुष कारागारभित्र २५ केजी दुई वटा र १० केजीको एउटा र कारागारको कार्यालयमा १० केजीको एउटा मेसिन जडान गरिसकेको जेलर निरौलाले जानकारी दिए। उनका अनुसार केही दिनअघि यूएनएचसिआर नेपालका प्रतिनिधि टोली कारागारको स्थलगत अनुगमनका लागि आएका थिए। सोही क्रममा यूएनएचसिआरसँग फायर मेसिनको प्रस्ताव राखेका थियो। सोहीअनुसार फायर मेसिन प्राप्त भएको उनले बताए।

’कारागारमा क्षमता भन्दा चौगुना कैदीबन्दी रहेको छ’, उनले भने, ‘आगो निभाउने यन्त्र नहुँदा कारागारभित्र विद्युतीय लाइन सर्ट, खाना पकाउने क्रममा आगलागी भई ठूलो दुर्घटना हुन सक्थ्यो, अब फायर मेसिनले केही भए पनि राहत दिन्छ।’ कारागारको सुधारका लागि आफू लागि परेको उनको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes