भारतले सिमा मिचेको विषयमा पथरीशनिश्चरेमा युवाको अगुवाईमा विरोध प्रदर्शन - Pahilo Online

भारतले सिमा मिचेको विषयमा पथरीशनिश्चरेमा युवाको अगुवाईमा विरोध प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइयो

writer

पथरीशनिश्चरे । भारतले आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिपियाधुरा राखेर राजनैतिक नक्सा सार्वजनिक गरेपछि देशैभर बिरोध भइरहेको छ । सोही विषयमा मोरङको पथरीमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला बनाएर जलाइएको छ ।
पथरीशनिश्चरे ३ का युवाहरुले स्वतस्फुर्त रुपमा निकालेको ¥यालीमा बालबालिका देखि बृद्धबृद्धा सम्म सहभागी थिए । राष्ट्रवादी युवा समुहको नाममा निकालिएको ¥यालीमा लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिपियाधुरा पनि हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नाराहरु लगाइएको थियो । सो बिरोध ¥याली कोण सभामा परिणत भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले नेपाली भूमी भारतले मिचेर नेपाल माथी अन्याय गरेको बताए । भारतीय विस्तारवादी योजनाअन्तर्गत नै पश्चिम नेपालको लिपुलेक, कालापानी मात्र नभएर सुस्ता, झापा र पाचथरसम्मका जंगेपिलर सार्न थालेको उनीहरुको आरोप थियो । सो कोणसभामा वेलवारी क्याम्पस प्रमुख खगेन्द्र लुइटेल, आदिवासी जनजाती पत्रकार महासंघका एक नम्वर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई लगायतले आफ्ना धारणा राखेका थिए । स्थानीय शिक्षक कृष्ण अधिकारीले कविता प्रस्तुत गरेका थिए । सो विरोध र्याली र कोणसभा राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यको अगुवाइमा भएको थियो ।

यसैगरी पथरी बजारमा पनि सोही प्रकृतिको बिरोध ¥याली सम्पन्न भएको छ । स्थानीय युवाहरुले स्वतस्फुर्त रुपमा आयोजना गरिएको ¥यालीले पथरी बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले भारतीय हस्तक्षेपका बिरुद्ध सरकारले कुटनीतिक तवरबाट कडा कदम चाल्न सुझाए । सिमामा पर्खाल लगाउने, सिमा सुरक्षामा लागि कुनैपनि कसुर बाकीँ नराख्न वक्ताहरुले सरकारको ध्यानाकर्षण गराए ।

सो कोण सभामा स्थानीय युवा प्रदिप कुमार राई, अर्जुन जम्मेली राई, विवेक न्यौपाने लगाएतले सम्बोधन गरेका थिए । कोणसभाको समापनसंगै भारतले नेपालको भूमी मिचेर बनाएको नयाँ नक्सा र मोदकिो फोटो जलाइएको थियो ।
…………………………………………………………………………………..

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes