अन्नपूर्ण गोल्डकपमा पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा - Pahilo Online

अन्नपूर्ण गोल्डकपमा पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

चर्च ब्वाइज र त्रिुभवन आर्मी बीचको फाइनल खेल सोमबार हुने

writer

विर्तामोड । झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्लबे फाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई ०–१ गोलले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । उपाधिकालागि चर्च ब्वाइजले भित्रुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजकालागि २६ औँ मिनेटमा सुनिल खड्काले गोल गरे । बाकीँ समयमा गोल हुन नसकेपछि चर्च ब्वाइजले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई लडाएपछि पाएको पेनाल्टीमा सुमनले सदुपयोग गर्न सकेनन् । सुमनको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ बचाउ गरेका थिए । त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनाएको थियो । खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईले रातो कार्ड पाएका थिए ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes