आगलागी पिडीत परिवारलाई नगरको राहत - Pahilo Online

आगलागी पिडीत परिवारलाई नगरको राहत

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० स्थित जागृति टोलकी आगलागी पिडीत मनमाया राईको परिवारलाई आज नगरपालिका कार्यालयले राहत वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १० नम्बर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्कर्मा र अनोज घिमिरेले नगरले व्यवस्थापन गरेको लत्ताकपडा, भाडावर्तन, खाद्यान्न सहितको राहत सामग्री वितरण गर्नुभयो । वडा सदस्य विश्वकर्माले भनें आफ्नो व्यक्तिगत रुपमा समेत लुगा प्रदान गरे ।

आज विहान ९ बजेको समयमा विद्युत सर्ट भई भएको आगलागीबाट राईको जस्तापाताको छानो भएको काठे घर जलेर सम्पूर्ण सामान नष्ट हुँदा करीव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चन्द्रज्योति क्लबले परिवारलाई राहत स्वरुप ३२ हजार नगद प्रदान गर्नुका साथै बाँस सहयोग जुटाएर श्रमदान गरी तत्काल बस्नका लागि टहरा निर्माण कार्य अघि बढाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes