न्यायिक समितिको सार्वजनिक सुनवाई - Pahilo Online

न्यायिक समितिको सार्वजनिक सुनवाई

writer

पहिलो अनलाइन

पथरी । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । आज पथरीशनिश्चरे वडा नम्बर ५ को सहिद राम लक्षमण विद्यालयमा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले जग्गा विवाद, महिला हिंसा, सिमा विवाद लगायतको विषयहरूका बारेमा प्रश्न उठाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापो, अधिवक्ता दिपक राई, न्यायिक समिति सदस्य पदम बहादुर धिमाल र कल्पना श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष चेतन खड्का, वडा सदस्य मुना कार्की, बिनयराज तिम्सिना, वडा मेलमिलाप समिति संयोजक भवानी बाँस्तोला, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
न्यायिक समिति संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रमलाई न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले संचालन गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes