मुडियारी समुदायको सम्मेलन सम्पन्न - Pahilo Online

मुडियारी समुदायको सम्मेलन सम्पन्न

writer

बाबुराम मुडियारी

मोरङ/ नेपालमा सदियौ देखि तराईको भू भागमा बसोबास गदै आएको अल्पसंख्यक तथा अति सिमान्तकृत समुदाय मुडियारी जाति को कटहरी गाउँ पालिका वडा नं ७ को मुडियारी गाउँ भेला तथा सम्मेलन कटहरी गाउँ पालिका वडा नं ७ को मुडियारी टोल डंगटोली स्थित मुडियारी समुदायहरूको मुडियारी केन्द्रीय सामुदायिक भवनमा शनिबार सम्पन्न भएको छ।

मुडियारी जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र का केन्द्रीय सचिव सूर्य नारायण मुडियारीको प्रमुख आथित्यतामा र नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय उपाध्यक्ष कार्तिकचन मुडियारी, विराट राजंवशी जातिय संस्था का प्रदिप विश्वास , मुडियारी समुदायको जेष्ठ नागरिक सकली देवी मुडियारी लगाएतको आथित्यतामा सो भेला तथा सम्मेलन भएको थियो। मुडियारी जाति समुदायहरूको जातिय नाचगान लगाएत कार्यक्रमहरू भएको थियो।

सो भेला तथा सम्मेलनले नयाँ कार्य समितिहरूको चयन गरेको छ। समितिको अध्यक्षमा विहालाल मुडियारी, उपाध्यक्ष नेवा लाल मुडियारी, सचिव पार्वती मुडियारी, सहित ११सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ।

मुडियारी जातिय संस्था ले गाउँ भेला हरू आयोजना लाई तिव्रता दिएको छ। हालै कटहरी गाउँ पालिका वडा नं ५ को मुडियारी भेला सम्पन्न गरेको थियो। मुडियारी समुदाय हरू आदिवासी भएतापनि राज्यले आदिवासी जनजाति समुदायमा सूचिकृत नगरेकोले राज्यले आदिवासी जनजाति मा सुचिकृत गर्नुपर्ने माग रहेको र मुडियारी समुदायको भेषभूषा, भाषा, संस्कृति ,जातिय पहिचान लगाएत सरकारले संरक्षण गर्नुपर्ने कुरामा अथिति तथा सहभागी मुडियारी समुदायहरू माग रहेको छ।

तराईको मोरङ र सुनसरी जिल्लाको केही पालिका हरूमा मुख्य बसोबास को थलो रहेको पाईन्छ । मुडियारी समुदायहरूले मुडियारी ,झाँगड पनि लेख्ने गरेको पाईन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes