‘वन संरक्षणमा सबैभन्दा ठूलो चुनौति भनेको डढेलो नै हो’ - Pahilo Online

‘वन संरक्षणमा सबैभन्दा ठूलो चुनौति भनेको डढेलो नै हो’

writer

पहिलो अनलाइन

भुमिका आले मगर (सचिव) बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङ–९ जाँते, मोरङ

सामुदायिक वनको सचिव हुनुहुन्छ, वन विकासका लागि के काम गर्दै हुनुहुन्छ ?
हामीले हरेक वर्ष बाङ्गाटिङ्गा, रोगी काम नलाग्ने जातका पोल तथा लाथ्राहरु पत्ल्याउने गरेका छौं । केही समय अघि मात्र हामीले सबै उपभोक्ताहरु बोलाएर झाडी सफाई गर्ने कार्य ग¥यौं । सबै झाडी सफाई गर्न हामीलाई ११ दिन लाग्यो । अब असारमा विरुवा रोप्नका लागि जमिन सरसफाई र तयारी ग¥यौं । खाली रहेको जमिनमा विरुवा रोपण पनि गरेको छौं । डढेलो नियन्त्रणका लागि हामीले फायर लाइन (अग्नी नियन्त्रण रेखा) निर्माण गरेका छौं । वन्य जन्तका लागि भनेर हामीले उनीहरुलाई मन पर्ने विरुवाहरु पनि वन क्षेत्रमा रोपेका छौं । त्यस्तै, हामीले खाली जमिनमा सुपाडीका विरुवा, तेजपात, रुद्राक्षलगायत फलफुल तथा जडिबुटीका विरुवा रोपेर आम्दानी गर्ने उद्देश्य राखेका छौं ।
समूहले वन हेरालु नियुक्त गरी प्रत्यक्ष गस्तीमार्फत वन संरक्षणको कार्य गरिरहेको छ ।

वन संरक्षणका चुनौतिहरु चाहीं के के रहेछन् ?
वन संरक्षणमा सबैभन्दा ठूलो चुनौति भनेको डढेलो नै हो । यसले हुर्कदै गरेका साना साना विरुवाहरु नष्ट गरिदिन्छ । उम्रिन लागेकालाई पनि डढाएर नष्ट गरिदिन्छ । यो सँगै वन्य जन्तुको वासस्थान, साना हिँड्न र उड्न नसक्ने बच्चाहरुलाई पनि जलाएर मार्ने गर्छ । खुल्ला चरिचरणले पनि विरुवा हुर्कन पाउँदैन ।
वनभित्र विरुवाहरुलाई हुर्किन नदिने प्याङ्ग्री लहरा र वनमारा झार जस्ता मिचाहा प्रजाति मुख्य चुनौतिको रुपमा रहेको छ । जसको निर्मुल गर्न वन समूहलाई चुनौति छ ।

वन डढेलोबाट जोगाउन उपभोक्ता र आम जनसमुदायलाई के सन्देश दिनु हुन्छ ?
सुख्खा मौसमको सुरुवातभएको छ । योस“गै वन डढेलो सम्बन्धि जानकारी गराउ“दै सम्वन्धित सबै सरोकारवाला, सर्वसाधारणमा निम्नानुसारका सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ः कृपया वन जंगल जाँदा चुरोट बिढी सेवन नगरौं । सलाई, लाइटर जस्ता अग्निजन्य पदार्थहरु वन क्षेत्रमा जथाभावी प्रयोग नगरौं । वन क्षेत्र नजिक आगो नबालौं, बालेको आगो निभाएर मात्र जाऔं । सुख्खा याममा कुनै पनि प्रयोजनका लागि वन भित्र आगो नबालौं । वनमा डढेलो लागेको थाहा पाउनासाथ नजिकको सव डिभिजन वन कार्यालय, प्रहरी, वन समूहलाई सूचना दिऔं । डढेलो लागेको देख्नासाथ आवश्यक सहयोग जुटाइ नियन्त्रण गरौं । वनलाई डढेलोबाट बचाऔं, जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं । वन्यजन्तु चोरीशिकारी नगरौं । तपाई हाम्रो एकआपसको सहयोगले ठूलो मात्रामा हुनसक्ने प्राकृतिक तथा मानवीय क्षति टार्न सक्छौं । त्यसैले वन डढेलोबाट वनजंगल जोगाउने यो अभियानमा सबै जना सहभागी बनौं ।

बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले कति जनसंख्यालाई वन पैदावर उपलब्ध गराउँदै आएको छ ?
यस समूहले लेटाङ नगरपालिका वडा नं. ९ का कुल ५१२ घरधुरीका १ हजार ७९२ जनसंख्यालाई काठ, दाउरादेखि लिएर वन पैदावार उपलब्ध गराउँदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes