मोरङको कटहरी वडा नम्बर १ कार्यालय आफ्नै भवनमा - Pahilo Online

मोरङको कटहरी वडा नम्बर १ कार्यालय आफ्नै भवनमा

writer

पहिलो अनलाइन

मोरङ/ मोरङको कटहरी गाउँपालिका–१ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवनबाट गाउँपालिकाको वडा नं १ वडा कार्यलयले आईतबार बाट सेवा प्रवाह सुरू गरेको हो ।

नवनिर्मित भवनको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गर्नुभएको थियो । २०७९ मंसिर १५ गते सम्झौता भएर विराटनगर ८ मा रहेको टोनिका कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर काम सुरु गरेको थियो ।  नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कटहरी गाउँपालिका भित्र ६ नम्बर वडा बाहेक सबै नयाँ वडा कार्यालयबाट सेवा प्रराम्भ भएको बताउनुभयो । यसअघि पाँच वटा वडा कार्यालयको नयाँ प्रशासनिक भवन निमार्ण भएर सेवा प्रवाह भइरहेको छ ।

वडाभित्र सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष चौधरीले बताए । स्थानीय तहलाई २२ वटा अधिकार दिएको जानकारी गराउँदै अध्यक्ष चौधरीले सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा दिएर सबैको मन जित्नुपर्नेमा जोड दिएका थिए । उनले कटहरी गाउँपालिकाभित्र सार्वजानिक जग्गा हडप्ने काम भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साह, कटहरी १ का वडाअध्यक्ष हरी नारयण राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes