वडा नम्बर ४ र ८ पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा - Pahilo Online

वडा नम्बर ४ र ८ पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा

writer

पहिलो अनलाइन

पथरी  । मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज बैशाख १४ गते सम्पन्न भएका दुई ओटा वडा नम्बर ४ र ८ सेमिफाइनलको यात्रा तय गरेका छन्। आज सम्पन्न प्रतियोगितामा वडा नम्वर ४ र ८ विजयी हुँदै पोल बि र ए को शिर्ष स्थानमा उक्लन सफल भएका हुन्।

आज सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वडा नं ८ ले ३ अंकसहित कुल ९ अंक जोड्दै सेमिफाइनलमा यात्रा तय गरेको हो भने वडा नम्बर ४ ले वडा नम्बर १० लाई पराजित गर्दै तीन अंकसहित कूल ८अंक जोडेको हो। वडा नं ४ ले ३ -१ को अन्तरमा पराजित गर्दै पोल बि तर्फबाट सेमिफाइनलको यात्रा तय गरेको हो। पोल ए तर्फबाट वडा नं १ र ८ सेमिफाइनलमा प्रवेश गरिसकेका छन भने पोल बि तर्फबाट वडा नम्बर ४ आज तीन अंक जोड्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

भोलि सम्पन्न हुने वडा नम्बर २ र ५ बिचको प्रतिस्पर्धाबाट पोल ‘बि’ को सेमिफाइनलमा प्रवेश गर्ने टिमको छनौट हुनेछ। भोलिको पहिलो खेल वडा नम्बर ३ र ९ बिच हुने छ भने दोस्रो खेल वडा नम्बर -२ र ५ बिच सम्पन्न हुने आयोजक वडा नम्बर ०२ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो। उक्त अवसरमा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, नगरप्रवक्ता समेत रहनु भएका वडाध्यक्ष नवीनजंग कार्की , लोककिरण न्यौपाने , उद्धवराज बस्नेत, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे, सहितको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes