नारयण राईले लेखन गरेको किरात राई समुदायको प्रथाजनित कानुनको पुस्तक बिमोचन - Pahilo Online

नारयण राईले लेखन गरेको किरात राई समुदायको प्रथाजनित कानुनको पुस्तक बिमोचन

writer

विराटनगर । पत्रकार नारयण राईले लेखन गरेको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नामक पुस्तक बिमोचन गरिएको छ । विराटनगरस्थित साकेला थानमा बुधबार उक्त पुस्तक बिमोचन गरिएको हो । किरात राई समुदायको प्रथाजनित कानुन नामक पुस्तकको बिमोचन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र धरान उपमहानगरपालिका प्रमुख तिलक राईले गरेका थिए ।

१ सय ४५ पेज रहेको उक्त पुस्तकमा किरात राईहरूको लोप हुदै गएको प्रथाजनित कानुनहरू समावेश गरिएको छ । पत्रकार राईले गाउँबस्तीहरुमा सिमित रहिरहेका किरात राई समुदायको प्रथाजनित कानुनहरुलाई अध्ययन गरी दस्ताबेजीकरण गरेर पुस्तकको रुपमा प्रकाशन गरेको बताए ।

यस पुस्तकबाट किरात राईहरुको र समग्र किराती समुदायको मौलिक संस्कार, संस्कृति परम्परागत प्रथाजन्य कानुनहरुलाई संरक्षण र विकास गर्ने कार्यमा कोशेढुङ्गा साविक हुने बताइएको छ । पत्रकार राईले लामो समयपछि गहन अनुसन्धान गरि उक्त पुस्तक लेखेको उनले बताए । (ब्लाष्ट खबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes