तराईमा जुरी सितल पर्व धुमधाम सगँ मनाईदै - Pahilo Online

तराईमा जुरी सितल पर्व धुमधाम सगँ मनाईदै

writer

बाबुराम मुडियारी

मोरङ / तराईका जिल्लाहरूमा नयाँ बर्षको सुरूवात भए सँगै आज जुरी (जुर) शीतल पर्व तथा सिरूवा पर्व मान्यजनबाट आशीर्वाद थपी उल्लासका साथ धुमधाम सगँ मनाईदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा पानी थपथपाएर आर्शीवाद दिने र सानाले आशिर्वाद लिने चलन रहेको छ ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ। जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता,उन्नति, प्रगति, सुख शान्ति, सम्रिद्धी, सुस्वास्थ्य ,दीघार्युको कामना पाइरहुन् भन्ने जन विश्वास रहेको छ। सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ।

जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता पाइरहुन्। यो पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद प्रदान गरि मनाउने गरिन्छ। सानाले आफु भन्दा ठूलो लाई खुट्टामा पानि दिए नमन गर्ने चलन पनि रहेको छ।

जुरी (जुर) शीतल प्रकृतिपूजाको पर्व पनि हो। अघिल्लो रात पकाएका बासीखाना खानाले शीतलता प्राप्त हुन्छ, भन्ने जनविश्वासले यो चलन रहेको पाईन्छ । आत्मीयता बढाउनका लागि मनाईने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव , एकता , सम्रिद्धीको पर्व पनि मानिन्छ । जुरी (जुर) शीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा पुवा रोटी, गुलगुलिया, चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण मानिन्छ ।

नयाँवर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ ।तराईमा बसोबास गर्ने आदिवासी समुदायहरू मुडियारी राजवंशी, थारू, खवास, ताजपुरिया, झाँगड, लगाएत र मधेशी समुदाय हरू लगाएत ले धुमधाम सगँ मनाउने गरेको पाईन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes