कानेपोखरीमा पहिलो पटक निर्माण भएको मस्जिदको विधिवत समुद्धघाटन - Pahilo Online

कानेपोखरीमा पहिलो पटक निर्माण भएको मस्जिदको विधिवत समुद्धघाटन

writer

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ०३ स्थित हरकपुरमा पहिलो पटक निर्माण भएको मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगम स्थल मस्जिद अल तकुवाकोको विधिवत समुद्धघाटन भएको छ।

नवनिर्मित भवनको आज शनिबार नेपाली काङ्ग्रेस जिल्ला सभापति एवम संविधान सभा सदस्य डिगबहादुर लिम्बुले रिवन काटी समुद्धघाटन गरेका थिए। साउदी अरबका नागरिक महमद अब्दुलको करिब १५ लाखको लगानीमा मस्जिद अल तकुवाको निर्माण भएको हो भने सो निर्माण कार्य २०७६ कार्तिक महिनाबाट सुरु गरिएको मस्जिद निर्माणका लागि ठेक्का लिएका ठेकेदार महमद मुर्तजाले बताए।

वडा नम्बर ३ मा १० घर, २ मा ५ घर, ४ मा १ घर र वडा नम्बर १ मा ९ घर मुस्लिम समुदायका मानिसको रहेको छ। कानेपोखरी गाउँपालिकाभरीमै मुस्लिम समुदायको बसोबास ज्यादै न्युन रहेका कारणले पनि यस पालिकामा मस्जिद बन्न सकिरहेको थिएन तर हाल आएर विदेशी लगानिबाट सो मस्जिदको निर्माण गरिएको हो। सोही कारणले पनि यस क्षेत्रमा बनेको मस्जिद अल तकुवा एक आर्कषणको केन्द्रबिन्दु बनेको छ।

कार्यक्रममा विभिन्न दलमा राजनीतिदलका प्रतिनिधिहरु विभिन्न समाजसेवी व्यक्तित्वहरुलगायत शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरुले सबै धर्मको आशय एउटै हुने भएकाले धर्म धर्मका बिचमा आपसी सद्धभाव भएमात्र समाजको द्रुत विकास हुने धारणा राखेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes