विद्यार्थीलाई महिला जागृति सामुदायिक वनले दियो झोला - Pahilo Online

विद्यार्थीलाई महिला जागृति सामुदायिक वनले दियो झोला

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ । वन समूहले एक कार्यक्रमको आयोजना गरी विपन्न उपभोक्ताका छोराछोरीलाई स्कुल ब्याग, कापी र पेन वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहमद अलाउदिन मियाँले गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरी शिक्षा आर्जन तथा चेतनास्तर उकास्ने कार्यमा प्रोत्साहित गरेको भनी वन समूहको प्रसंसा गरे ।

कार्यक्रममा प्रमुख अतिथि अलाउद्धिन, विशिष्ठ अतिथि पथरीशनिश्चरे वडा नं. ९ का अध्यक्ष वीर बहादुर राईलगायतले विद्यार्थीहरुलाई ब्याग र कापी डटपेन वितरण गरेका थिए ।

समूहले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गरी बाँकी रहेको ७५ प्रतिशतलाई १०० प्रतिशत मानि ५० प्रतिशत विकास निर्माण सहितको सामाजिक काममा र ५० प्रतिशत महिला शशक्तिकरण तथा गरिवी निवारणमा खर्च गर्नुपर्ने प्रावधानलाई अंगिकार गर्दै ब्याग, कापी र डटपेन वितरण गरेको हो । वन समूहले विपन्न वर्ग लक्षित कार्यक्रम अन्तर्गत ३८ जना उपभोक्ताहरुका छोराछोरीलाई स्टेसनरी वितरण गरेको समूहकी अध्यक्ष तुलसा याक्खाले जानकारी दिइन् ।

यस्तै, आर्थिक विपन्न उपभोक्तालाई कम्प्युटर, ड्राइभिङ, सिलाई कटाई, अचार बनाउने जस्ता सिपमुलक तालिमहरु सञ्चालन गर्दै आत्मनिर्भर बन्न उत्प्रेरित गरिरहेको समूहका सचिव तुलसीराम श्रेष्ठले जानकारी दिए ।
महिला जागृती सामुदायिक वन उपभोक्ता समूहले आर्थिक रुपले अति विपन्न परिवारको घर मर्मतका लागि सहुलियत दरमा काठ उपलब्ध गराउदै आएको कोषाध्यक्ष चन्द्रकला न्यौपानेले बताइन् ।

समूहकी अध्यक्ष तुलसा याक्खाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । जसमा संस्थापक एवं निवर्तमान अध्यक्ष चन्द्रकला चेम्जोङ, उपाध्यक्ष रणसिंह राई, कोषाध्यक्ष धर्मध्वज कार्की, सदस्य कृष्ण बस्नेत, अनुगमन समिति संयोजक टेकबहादुर वनेम रहेका छन् ।


कार्यक्रममा समूहका आन्तरिक लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज ढुंगाना, अनुगमन समिति संयोजक चन्द्र तुम्सालगायत टोला प्रमुख र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

समूहकी उपाध्यक्ष देवीमाया शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम सह–सचिव मुना पाण्डेले सञ्चालन गरेकी थिइन् । महिला जागृति सामुदायिक वनमा ५ सय ३२ घरधुरी परिवार सदस्य रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes