लकडाउनबाट प्रभावित धनकुटाका किसानलाई साढे एक करोड रुपैयाँ राहत - Pahilo Online

लकडाउनबाट प्रभावित धनकुटाका किसानलाई साढे एक करोड रुपैयाँ राहत

writer

धनकुटा । प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटाका किसानलाइ एक करोड ५३ लाख ७१ हजार ४ ५१ रुपैयाँ राहत प्रदान गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित धनकुटाका ८४ वटा कृषि फर्म तथा समूहमा आवद्ध किसानलाई प्रदेश सरकारले राहत प्रदान गरेको हो। प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटामार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण व्याज अनुदान कार्यक्रम शीर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समूहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो।

यस्तै, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटामार्फत कुखुरा पालन, दुग्ध पदार्थ, दुग्ध उत्पादन र बंगुर पालन गरी ६८ कृषि फर्म तथा समूहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो। जसमा कृषि ज्ञान केन्द्र धनकुटा मार्फत ६१ लाख ५४ हजार ९३१ रुपैयाँ तथा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटामार्फत ९२ लाख १६ हजार ५१३ रुपैयाँ राहत वितरण गरेको छ। सोमबार मन्त्रालयले जिल्ला समनवय समिति धनकुटाको समन्वयमा एक कार्यक्रम गरी राज्यमन्त्री रामबहादुर मगरले किसानलाई राहत वितरण गरेका थिए। राहत वितरण गर्दै राज्यमन्त्री मगरले प्रदेश सरकारले कोरोना प्रभावित किसानलाई सानो सहयोग गरेको बताए। उनले कोरोनाको कारण कृषि क्षेत्रमा तत्काल क्षति गरेको बताउँदै प्रदेश १ सरकारले कृषि क्षेत्रमा ४५ करोड रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको भए पनि किसानले उत्साह जनक निवेदन नदिएको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes