मोरङ प्रहरीद्वारा अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जना पक्राउ - Pahilo Online

मोरङ प्रहरीद्वारा अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जना पक्राउ

writer

मोरङ । अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । बेस्ट बाई एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स सप स्टोर होम, केस्मार्ट इलेक्ट्रोनिक्स लगायतका अनलाइन सपिङ जस्ता फेसबुक पेज खोलेर सस्तोमा सामान दिने भन्दै उनीहरुले सर्वसाधारणहरुलाई ठग्दै आएका थिए ।

पक्राउ पर्नेमा मोरङको सुन्दर हरैचाका विशाल अर्याल भन्ने निरन्जन आचार्य, खोटाङ जन्तेढुंगा गाउपालिका वडा नं. ४ का शिवजी खड्कासहित ६ जना महिला रहेका छन्। उनीहरुले सर्वसाधारणको नागरिकताको फोटोकपी संकलन गरेर खाता खोली विभिन्न व्यक्तिलाई सोही खातामा सामानको पैसा हाल्न लगाउने गरेका थिए । उनीहरुको साथबाट करिब ६८ लाख रुपैयाँ, विभिन्न व्यक्तिको नागरिकता, बैंकको चेकहरु, सीम कार्ड लगायतका कागजातहरु बरामद भएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।

पक्राउ परेकाहरुलाई ठगी मुद्दा, बैंकिङ कसुर सम्बन्धी मुद्दा, सरकारी छाप कागजात दस्तखत किर्ते, दोहोरो नागरिकता सम्बन्धी मुद्दा, संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दा चलाइएको मोरङ प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes