पथरीशनिश्चरे ७ नं. वडाद्वारा भौतिक पूर्वाधार निर्माणमा जोड - Pahilo Online

पथरीशनिश्चरे ७ नं. वडाद्वारा भौतिक पूर्वाधार निर्माणमा जोड

महत्वकांक्षी योजनामा सहिद मार्ग स्तरोन्नती र सामुदायिक भवन निर्माण

writer

मोहन भट्टराई

सहिदमार्गको एक नम्बर ग्राभेल गरिनेबारे जानकारी दिंदै वडा सदस्य विरोज मगर ।

 

किर्तिपुर (मोरङ) । गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा करिव ८५ लाख रुपैयाँ विनियोजन गरी काम सम्पन्न गरेको पथरीशनिश्चरे वडा नम्बर ७ ले चालु आर्थिक वर्षमा करिव एक करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ ।

जसमा वडाले भौतिक पूर्वाधार, लक्षित वर्ग, कार्यालय सञ्चालन र अन्य शीर्षकमा एक करोड बजेट विनियोजन गरेको वडाध्यक्ष कपिलमणि ढकालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं. ७ मा विकास निर्माणले तीव्रता पाए पछि वडावासी हर्सीत भएका छन् । वडाले भौतिक पूर्वाधार तर्फ सबैभन्दा बढी ६९ लाख रुपैयाँ विनियोजन गरेको थियो । भौतिक पूर्वाधार विकास तर्फ सबैभन्दा ठूलो र महत्वकांक्षी योजनामा मंगलबारे पूर्व पथरीखोलामा पुल निर्माणका लागि २९ लाख रुपैयाँ विनियोजन गरेको थियो । हाल उक्त पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

गुह्ये होलीमा पुल निर्माण गरिने त्यसबाट संगालो बस्ती जोड्ने जानकारी दिंदै वडा सदस्य कासीहाङ राई ।

करिव १ हजार पाँच सय घरधुरी र १० हजार जनसंख्या रहेको वडा नं. ७ ले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा ३६ वटा योजनाका लागि बजेट विनियोजन गरेको छ । जसमा शहिदमार्ग बाटो निर्माणका लागि १४ लाख, सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँ वडाको महत्वकांक्षी योजनाका लागि विनियोजन गरेको वडा सदस्य कासीहाङ राईले जानकारी दिए । ‘गत आ.व.मा शहिद मार्गमा एक नम्बर ग्राभेल गरेका थियौं । यसवर्ष पनि त्यसलाई निरन्तरता दिंदै बाँकी रहेको ग्राभेल गर्नलाई १४ लाख रुपैयाँ विनियोजन गरेका छौं’– वडा सदस्य कासीहाङ राईले भने ‘यही सहिद मार्गमा पर्ने गुह्ये होलीमा पुल निर्माणका लागि ६ लाख रुपैयाँ विनियोजन गरेका छौं ।’

होलीमा पुल नभएका कारण स्थानीयलाई आवत जावतमा सहजताका लागि र सहिद मार्गलाई पूर्णता दिन पनि पुलको आवश्यकता रहेको वडा सदस्य राईको भनाई छ । पुल निर्माण पछि सहिद मार्गले संगालो बस्तीलाई जोड्ने उनले विश्वास व्यक्त गरे ।

गुह्ये होलीमा पुल निर्माण नहुंदाको अवस्थामा आवतजावतका लागि स्थानीयले बनाएको बांसको कच्ची फड्के ।

सहिद मार्गले चन्द्रकिरातेश्वर माविदेखि पश्चिम हुँदै भोटेघुम्ती जोड्ने लक्ष लिइएको अर्का वडा सदस्य विरोज मगरले जानकारी दिए । पाँच मिटर चौडाई रहेको सहिद मार्गमा १६ फिटमा एक नम्बर ग्राभेल गरिने सदस्य मगरले बताए । ‘यो सहिद मार्ग स्तरोन्नतीका साथै पुल निर्माणपछि बालबालिकालाई विद्यालय जान आउन सहजता हुनुका साथै करिव पाँच हजार जनसंख्या लाभान्वीत हुने हाम्रो अनुमान छ’– सदस्य मगरले भने ।

भौतिक पूर्वाधारका लागि वडाको बजेटले मात्र नधानेपछि नगर, प्रदेश र संघीय सरकारसंग समन्वय गरी विभिन्न काम जनप्रतिनिधिको पहलमा भएको छ । जसमा रवी चोकमा पक्की पुलको लागि ५० लाख रुपैयाँ, बालकल्याण माध्यमिक विद्यालय किर्तिपुरको कम्पाउण्ड घेराबाराका लागि ४ लाख, दुर्गा मावि लामाटोल, स्वर्गीक भवन सम्झनाचोक २० लाख, नेपाल तमाङ घेदुङ भवन २० लाख रुपैयाँ नगर, प्रदेश र संघीय सरकार मार्फत् अनुदान प्राप्त गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes