लिखु नदीमा सातवटा आयोजना पूरा भए ३२९ मेगावाट विद्युत् उत्पादन हुने
ओखलढुंगा । ओखलढुंगा, रामेछाप र सोलुखम्बु तीन जिल्लाको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन्। ओखलढुंगाको लिखु र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको बिजुलीकोटसम्म सातवटा जलविद्युत आयोजना निर्माण हुँदै गरेका हुन्। सातवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएमा...