मोरङ र सुनसरीमा दुर्घटनाबाट २ जनाको मृत्यु - Pahilo Online

मोरङ र सुनसरीमा दुर्घटनाबाट २ जनाको मृत्यु

writer

मोरङ, सुनसरी । मोरङ सुन्दरहरैचा ७ का ५० बर्षीय योगेन्द्र प्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बिहान साढै ११ बजे सुनसरी भोक्राह नर्सिङ ४ चिरौली चोक स्थित राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १, ०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकल चालक योगेन्द्र प्रसाद रिजाल गम्भिर घाईते भई बिराटनगर न्युरो अस्पतालमा उपचार भईरहेकोमा उनको उपचारको क्रममा साझँ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुबै साधन र माईक्रो चालक. बिराटनगर १६ का ५२ बर्षीय आयुराज लामा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी सुनसरी बराहक्षेत्र ५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका सवाँ ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएका उनलाई थप उपचारार्थ काठमाण्डौ लादै गर्दा आज बिहान ०३ बजे उनको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको सोही कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes