भारतले एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने, १५ अप्रिलसम्म सबै भिसा निलम्बन - Pahilo Online

भारतले एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने, १५ अप्रिलसम्म सबै भिसा निलम्बन

writer

काठमाडौं । भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोराना भाइरसको त्रासकै कारण भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको हो । भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न भन्दै यो निर्णय लिएको हो ।

१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्रा्ष्ट्रिय संस्था, इम्प्लोइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अरु भिसा एक महिनाका लागि अर्थात् १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो । प्रवासी भारतीय नागरिकलाई दिइने भिसामुक्त यात्राको सुविधा पनि १५ अप्रिलसम्मका लागि रोकिएको छ । यो निर्णय १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुने जनाइएको छ ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने भारतीयसहित सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिएको छ । भारत सरकारले आफ्ना देशका नागरिकलाई अनावश्यक रुपमा विदेश भ्रमण नगर्न आग्रह पनि गरेको हो । भारतमा कोरोना संक्रमित व्यक्तिको संख्या ६० पुगेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ । त्यसलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपेली देशबाट अमेरिका प्रवेशका लागि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes