युएनएचसीआरबाट नगर अस्पताललाई भिडियो एक्सरे मेसिन - Pahilo Online

युएनएचसीआरबाट नगर अस्पताललाई भिडियो एक्सरे मेसिन

writer

पथरीशनिश्चरे । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले आज मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पतालका लागि भिडियो एक्सरे (युएसजी) मेसिन हस्तान्तरण गरेको छ ।

युएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पुनित बर्माले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंलाई मेसिन हस्तान्तरण गर्दै त्यसको सम्झौताको कागजात समेत साटासाटा गरे । २८ लाख ९० हजार रुपैयाँ बराबरको मेसिन हस्तान्तरण भएको हो ।

कार्यक्रममा बोल्दै बर्माले स्वास्थ्य विमा सहितका कार्यक्रममार्फत भूटानी शरणार्थीहरुलाई समेत सहयोग पुर्याउँदै आपसी भाइचारा कायम गरेकोमा नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गरे । साथै उनले समुदायलाई कसरी स्वस्थ बनाउने भन्ने कुरामा सवैले ध्यानदिनु पर्ने धारणा राखे ।

कार्यक्रममा नगर प्रमुख राई, उपप्रमुख वास्तोला, समाजसेवी मोहन तुम्वापोले युएनएचसीआरको सहयोगप्रति आभार व्यक्त गरेका थिए । आम्दा नेपालका प्रमुख सुमन नेपालले सन् २०१३ देखि शरणार्थी प्रभावित क्षेत्रमा युएनएचसीआर र आम्दा सहितले सहयोग पुर्याउँदै आएको बताउँदै अव १ सय केभीएको ट्रान्सफर्मर र डिजिटल एक्सरे मेसिन समेत नगर अस्पताललाई प्रदान गरिने जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes