प्राविधिक शिक्षालयलाई साढे सात रोपनी निःशुल्क जग्गा प्रदान - Pahilo Online

प्राविधिक शिक्षालयलाई साढे सात रोपनी निःशुल्क जग्गा प्रदान

writer

सोलुखुम्बु । थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ। स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा बिहीबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन्। गाउँपालिका केन्द्र मुक्लीमा सञ्चालन हुने तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका स्थापित शिक्षालयलाई जगतबहादुरले निःशुल्क जग्गा प्रदान गरेको गाउँ कार्यपालिका सदस्य बुद्धिराज राईले जानकारी दिए।

यहाँ शिक्षालय सञ्चालन गर्न प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि)बाट सम्बन्धन प्राप्त भएको हो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरगाउँमै प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना भएको शिक्षालयलाई निःशुल्क जग्गा उपलब्ध गराउनु आफ्नो दायित्व समेत भएको जग्गादाता जगतबहादुरले बताए। गाउँका सर्वसाधरण नागरिकका छोराछोरीले शिक्षा लिने मात्रै नभए गाउँको विकासका लागि आफूले सात लाख रुपैयाँ मूल्य बराबरको साढे सात रोपनी जग्गा निःशुल्क दान गरेको राईले बताए। सस्तो शुल्कमा इन्जिनियर उत्पादन गर्ने गाउँपालिकाको योजना अनुसार शिक्षालय स्थापना गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes