मोरङ । मोरङको कटहरामा एक जनाको डुबेर मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ कटहराका ५५ वर्षीय कोकाई माझीको पानी जमेको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।
प्रहरीकाअनुसार हिँड्ने क्रममा लडेर माझी कच्ची सडकको छेउमा रहेको नालीमा डुबेका थिए । नालीबाट बाहिर निस्कन नसक्दा डुबेर उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।