कोरोना नियन्त्रणका लागि इटहरीमा आठ लाख बजेट - Pahilo Online

कोरोना नियन्त्रणका लागि इटहरीमा आठ लाख बजेट

writer

इटहरी । विश्वभर फैलदै गएको कोरोना (कोभिड १९) भाइरसबाट बच्न पुर्वसावधानकोलागी इटहरी उपमहानगरपालिकाले ८ लाख बजेट बिनियोजन गरेको छ । बिहिवार दिउसो पत्रकार सम्मेलन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कोरोना संक्रमण हुन नदिन बजेट छुट्याएरै काम शुरु गरेको बताइन् ।

उपमहानगरले बिपद व्यवस्थापनमा छुट्याएको रकम मध्येबाट ८ लाख बजेट कोरोना बिरुद्ध लड्न छुट्याएको हो । उपमहानगरले जारि गरेको बिज्ञप्ति जारी गर्दै प्रत्येक बिद्यालयमा थर्मो्मिटर दिइने छ । थर्मो्मिटर लगायत साबुन, हेण्डीसेनेटाइजर र माक्स जस्ता सामाग्री समेत अस्पताललाई उपलब्ध गराउने उपमहानगरले जनाएको छ ।

’बिहिवार बसेको कार्यपालिकाको बैठकले तत्काल कार्यक्रम संचालन गर्न पहीलो चरणमा ८ लाख बजेट छुट्याएको छ’ उपप्रमुख गौतमले भनिन ’संकट आउन नदिन निजि क्षेत्र सङको साझेदारीमा पर्चा पम्प्लेट लगायतको प्रचार कार्यक्रम पनि गर्ने छौ’ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes