साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीबाट १४ खेलाडी बाहिरिए
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटबाट १४ खेलाडी बाहिरिएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणमा ३६ खेलाडीको नाम सार्वजनिक गरेका छन् । प्रशिक्षक अलमुताइरीले यसअघि विश्वकप छनोटको अन्तिम टोलीमा रहेका युवा गोलरक्षक विशाल सुनारलाई...