विराटचोकमा सेमिओटिक ट्रेडर्स संचालनमा - Pahilo Online

विराटचोकमा सेमिओटिक ट्रेडर्स संचालनमा

writer

पहिलो अनलाइन

 


विपुल सुबेदी
३१ भाद्र विराटचोक । २०७८ तेह्रथुम जिल्लामा जन्मिएर ११ वर्षको कलिलो उमेरमा कपडा व्यवसाय देखि कुटानी पिसानी मिल संचालन गरि व्यवसाय यात्रा सुरु गरेका गोबिन्दप्रसाद अधिकारी (तेह्रथुमे) ले सेमिओटिक ट्रेडर्स संचालनमा ल्याएका छन् । आज विहिबार एक कार्यक्रमका बीच ट्रेडर्सको उद्घाटन गरी सञ्चालनमा आएको हो ।
सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल र स्थानीय उद्योगपती भोलेश्वर दुलालले संयुक्त रुपमा उक्त ट्रेडर्सको रिबिन काटेर उद्घाटन गरेका हुन् । अधिकारीले तेह्रथुममा नै बि.सं. २०४९ सालमा मिल र कपडा पसलको ब्यवसाय संचालन गरि सफल व्यवसायिक यात्रा तय गरेका थिए । व्यवसायमा लाभ मिले पछि उनी जन्म ठाउँ तेह्रथुम छोडी मोरंगको सुन्दहरैँचामा बसाइ सरेर आएका थिए । त्यसपछि बि.सं. २०७० सालमा सुनचाँदी व्यवसायमा होमिएका थिए । हाल उनको अधिकारी सुनचाँदी पसल समेत संचालनमा रहेको छ ।
सफल व्यवसायीको छबि बनाएका अधिकारीको यो सुनचाँदी पसल सुन्दरहरैँचाकै भरपर्दो र विश्वासिलो सुनचाँदी पसलको रुपमा परिचित छ । समयको परिबर्तन र बजारको माग संगै हाल आएर उनले अर्को व्यवसाय संचालनमा ल्याएका छन् । करिव २ करोड ५० लाख रुपैँयाको लगानीमा सुन्दरहरैँचा नगरपालिका वडा नं ९ मा सेमिओटिक टे«डर्स संचालनमा ल्याएका हुन् । विश्वको नं १ ग्री कम्पनीको एसिको डिलर संचालनमा ल्याइएको छ । संचालक अधिकारी अनुसार यो कम्पनीको एसि निकै भरपर्दो, किफायती, कम आवाज आउने, विद्युत खपत कम गर्ने, सरकारी कार्यालयका लागि उपयोगी हुने छ । यसका साथै सम्पूर्ण कम्पनीका मोबाइल फोन, आइफोन, सामसुङ्, भिभो, एमआई, ओपो,नोकिया, उच्च स्तरिय ड्रोन क्यामेरा, विभिन्न ब्राण्डका घडी, उच्च गुणस्तरका साउण्ड सिस्टम, क्यामेरा, पत्रकारहरुले प्रयोग गर्ने विभिन्न प्रकारका क्यामेरा, ल्याप्टप लगायत अन्य कम्पनीका इलेक्ट्रोनिक सामान एकै ठाउँमा पाइने भएको छ । उद्घाटनका क्रममा सुन्दरहरैँचा नरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, स्थानीय उद्योगपति भोलेश्वर दुलाल, रेडियो सुसेलीका अध्यक्ष रमेश खड्का, उद्योग वाणिज्य संघका पदाधिकारी, लायन्स क्लबका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी, बैक तथा वित्तिय संस्थाका कर्मचारी लगायत अन्य नागरिकहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes