एमाले कानेपोखरीले भदौ मसान्त भित्र सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने - Pahilo Online

एमाले कानेपोखरीले भदौ मसान्त भित्र सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने

writer

पहिलो अनलाइन

कानेपोखरी। नेकपा एमाले कानेपोखरी गाउँकमिटिले भदौ मसान्त सम्ममा सवै वडामा अगुवा कार्यकर्ता भेला र जनवर्गिय संगठनको कमिटि विस्तार गर्ने भएका छन् ।

शनिबार नेकपा एमाले कानेपोखरी गाउँकमिटिको अध्यक्ष दानबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ६१ जनाको गाउँ कमिटि सचिवलाय पनि गठन गरेको छ । गाउँ कमिटिमा १ सय ८१ जना सदस्य रहेको थियो । बैठकमा गाउँकमिटि सदस्य स्वर्गीय तेजबहादुर मगरको शोक प्रस्ताव पनि पारित गरेको थियो ।

कार्यकर्ता प्रशिक्षणमुलक बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथ प्रदेश कमिटि सचिव विनोद ढकाले समय सामयीक राजनीतिक, केन्द्रिय कमिटि निर्णय र आगामी पार्टीको कार्ययोजनाको बारेमा बोलेका थिए । त्यसैगरी नेकपा एमाले जिल्ला मोर्चा विभाग प्रमुख तथा पार्टी जिल्ला सचिवलाय सदस्य रुपेश खतिवडाले केपी शर्मा ओली सरकारले गरेको जनपक्षियकामका बारेमा बोलेका थिए ।

जिल्ला पार्टी सल्लाहकार संयोजक ताराबहादुर काफ्ले र जिल्ला सचिवलाय सदस्य राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारीले सुम्कुम्बासी समस्या र आयोग विघटनको बारेमा, वडा र वडाको टोल टोलमा गई सवै जनवर्गीय संगठन विस्तार गरी मजवुद बनाउने बताएका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य गाउँपार्टी सहसंयोजक सुशिल बुढाथोकीले गरेका थिए भने कार्यक्रम संचालन पार्टी सचिव चरण गुरुङले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes