पत्रकार खम्बूलाई बचाउन सहयोग गरिदिन तीन छोराछोरीको अनुरोध - Pahilo Online

पत्रकार खम्बूलाई बचाउन सहयोग गरिदिन तीन छोराछोरीको अनुरोध

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका बिजय खम्बू राईलाई बचाउन सहयोग संकलन सुरु भएको छ ।
जेण्डिस बिग्रेर कलेजो रोगबाट पीडित ३३ बर्षिय खम्बूको चिन्ताजनक अवस्थामा सुनसरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोही समस्याको कारण खम्बूको फोक्सो र पेटमा पानी जमिनुको साथै खुट्टा लगायतको भाग सुन्निएको अवस्था छ ।

लामो समयदेखि अस्वास्थ्यरहँदै आएका खम्बूको मोरङ विराटनगरको नोवेल, उर्लाबारीको अरनिको लगायतको अस्पतालमा उपचार गराएको खम्बूकी पत्नि कल्पना राईले बताए ।

नोबेलमा करिव दुई हप्ता आइसीयु (सघन उपचार कक्ष)मा राखेर उपचार भएको थियो । अलिक सन्चो भएपछि घरमा ल्याएपछि पुनः विरामीले च्यापेपछि उर्लाबारीको अरनिकोमा भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हालसम्म उपचार गर्दा चार लाख बढी खर्च भएको परिवारले जनाएको छ ।

संयोजक राईलाई रकम हस्तान्तरण गर्दै पञ्चायत माविका प्र.अ. अर्जुनकुमार बुढाथोकी ।

साउन १० गतेदेखि धरानको बीपी अस्पतालमा उपचार भइरहेको छ । मृगौलामा समेत हल्का समस्या देखिएका खम्बूलाई दैनिक ४० हजारको औषधि (भ्याक्सिनसहित) लाग्दै आएको पीडित खम्बूकी बहिनी करुणा राईले बताए । १० हजार गोटाको तीन वटाको दरले भ्याक्सिन लाउनु पर्ने र महंगो भ्याक्सिन पहलले बाँकी नदिने भएकोले आर्थिक समस्या हुँदै आएको करुणाको भनाइ छ ।

घर परिवारमा भएको पैसा सकिएपछि बाँकी खर्च निकाल्न नसक्ने अवस्थामा पुगेको पीडितको भाई सञ्जय राईले बताए । उपचार पुगे दाई पूर्ण स्वास्थ्य हुने डाक्टरहरुले बताउने गरेको बहिनी करुणाले बताइन । दाजुलाई बचाउन सहयोग जुटाइदिन बहिनीले अनुरोध गरेकी छन् ।
भोजपुरको साबिक तिम्मा गाबिस ५ मा २०४५ सालमा जन्मिएका खम्बू हाल पथरीशनिश्चरे ७ लामाटोली बस्दै आएका छन् । खम्बूको छोरिहरु १३ बर्षिया छेन्खामा, ९ बर्षिय हेन्खामा र ७ बर्षिय छोरा नेल्सन गरी तीन जना छोराछोरी रहेकाछन् । शनिबार खम्बूको घर पुगेका छोराछोरीले बाबुलाई बचाउन आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

बिजय खम्बू राई बेलबारीबाट प्रकाशित किटान साप्ताहिक, धरानको औजार, बिर्तामोडको प्रतिदिन दैनिकमा काम गरेका थिए । पछिल्लो समयमा आफ्नै नाममा तिम्मा साप्ताहिक पत्रिका दर्ता गरेर प्रकाशन गर्दै आएका थिए । जेण्डिसले च्याप्दै गएपछि तिम्मा पत्रिका पनि बन्द गरेर घरैमा रेष्ट गर्दै आएका थिए । खम्बू किरात राई यायोक्खाको पथरी गाउँ समितिको पूर्ब अध्यक्ष भएर काम गरेका थिए ।

बिरामीले झनै च्याप्दै गएपछि उपचारको लागि ‘बिजय खम्बू राई उपचार कोष समिति’ गठन गरेर आर्थिक संकलन सुरु भएको छ ।
पथरीको सिटिजन बैंक इन्टरनेश्नल लिमिटेडमा ‘बिजय खम्बू राई उपचार कोष समिति’कै नाममा खाता खोलेर सहयोग संकलन सुरु भएको हो ।

संयोजक राईलाई रकम हस्तान्तरण गर्दै हाम्रो फाउण्डेसनका प्रमुख प्रदिपकुमार राई ।

समितिमा अर्जुन जम्नेली राई, नवराज भट्टराई, सरोज बस्नेत, केदार चौहान, रबिन कन्दङ्वा, मोहन भट्टराई, दिनेश सुब्बा, शन्तोष राई, कुमार खड्का, बिजय धिमाल, भीमराज अघिकारी, विवेक न्यौपाने लगायत पथरी, उर्लाबारीका सम्पूर्ण पत्रकारहरु, किरात राई यायोक्खा पथरीशनिश्चरे नगर अध्यक्ष प्रेमकुमार राई, हाम्रो फाउण्डेशनको प्रमुख प्रदीपकुमार राई, पथरी जेसीजका पूर्ब अध्यक्ष मान दियाली, पीडित खम्बूको पत्नि, भाई, बहिनी लगायतको समिति गठन गरेर आर्थिक सहयोग संकलन सुरु भएको छ ।
सहयोग गर्न ईच्छुक महानुभावहरुले सीटिजन बैंक इन्टरनेशनल पथरीको खाता नम्बर १८८०१००००१०१२२०१ मा वा ९८४२०६३४९० नम्बरमा कल गरेर सहयोग गरिदिन भाई रञ्जय राईले अनुरोध गरेका छन् ।

सहयोग कोषमा पत्रकार लोकबहादुर चौहान (हाल अमेरिका)बाट २५ हजार सात सय, अमेरिका बस्दै आएका पथरीबासी मनि राई र सुनिता राईबाट २० हजार एक सय, भुवन पिठाकोटे मगरबाट २० हजार, हाम्रो फाउण्डेशनको तर्फबाट प्रदिपकुमार राईले १० हजार पाँच रुपैया लगायत लाख बढी संकलन भएको कोषको संयोजक अर्जुन जम्नेली राईले बताए ।

हालसम्म संकलित रकम
१) लोकबहादुर चौहान (हाल, अमेरिका) –२५,७००।
२) भुवन पिठाकोटे मगर(पथरी शनिश्चरे)–२०,००० ।
३) मनि र सुनिता राई (हाल, अमेरिका) २०,१००।
४) प्रदिपकुमार राई (प्रमुख, हाम्रो फाउण्डेशन) १०,००५
५) अर्जुृन बुढाथोकी (पञ्चायत मावि, प्रअ पथरी) ५,०००।
६) सरिता केसी (पूर्ब सञ्चारकर्मी पत्रकार, उर्लाबारी) ५,०००।
७) सुमन कुरुङ्बाङ लिम्बू (मार्फत) –५,०००।
८) सरोज बस्नेत—५,००० (सञ्चार क्लव पूर्व अध्यक्ष)
९) त्रिलोचन कोइराला (पत्रकार)–५,०००।
१०) बर्षा कंसाकार (प.श.—४)–५,०००।
११)दीपक न्यौपाने (उर्लाबारी)–४,०००
१२) कृष्ण राई (गायक, बुद्धचोक) ५००।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes