आइटिएफ तेक्वाण्डोद्धारा ९० जुनियर बेलटेष्ट ग्रेडिङ सम्पन्न - Pahilo Online

आइटिएफ तेक्वाण्डोद्धारा ९० जुनियर बेलटेष्ट ग्रेडिङ सम्पन्न

writer

पहिलो अनलाइन

कानेपोखरी । कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्ले गाउँपालिका क्षेत्रभित्रका ९० जना जुनियर खेलाडीको बेलटेष्ट गे्रडिङ सम्पन्न गरेको छ । तेक्वाण्डो डोजाङ्ले शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी खेलाडीको जुनियर बेलटेष्ट ग्रेडिङ सम्पन्न गरेको हो ।

जुनियर बेलटेष्ट ग्रेडिङमा ४५ जना एल्लो, ४३ जना स्टेप ग्रिन, ८ जना ग्रिन, १ जना स्टेप रेड र २ जना रेड बेल्ट पाउन सफल भएका छन् । कार्यक्रममा सफल खेलाडीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले बेलको प्रमाण पत्र प्रदान गरेको थियो । जुनियर बेलटेष्ट ग्रेडिङ्मा सहभागी खेलागीहरुलाई प्रशिक्षक नविन तामाङ, चतुरलाल चौधरी र मनोज राईले शारिरीक र मौखिक परिक्षा लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि आइटिएफ तेक्वाण्डो महासंघ केन्द्रिय उपाध्यक्ष तथा १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्की र नेपाल खेलकुद महासंघ मोरङ जिल्ला सदस्य कुमार फुयल, त्यसैगरी अतिथिहरु नेपाल स्काउट कानेपोखरीका संयोजक होम न्यौपाने, कानेपोखरी स्वस्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी लायन्स अफ कानेपोखरीका प्रसिडेन्ट उमेश पौडेल, खेल प्रेमी विवेक लिम्बु र अशोक फुलय लगाएत रहेका थिए ।

कार्यक्रम संचालन एविन पाठकले गरेका थिए भने कार्यक्रमको अध्यक्षता कानेपोखरी आइटिएफ तेक्वाण्डोका अध्यक्ष युवराज भुजेलले गरेका थिए । कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्ले बैशाख १६ गते देखी खेल सुरु गरेको थियो । तेक्वाण्डो खेल खेल्न चाहाने खेलाडीहरुलाई निशुल्क भर्ना गरिदिएका छन् । मासिक दुई सय मात्र लिने गरेको प्रशिक्षक तथा अध्यक्ष युवराज भुजेलले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes