पूर्णबहादुरलाई रिहा गर्न परिवारको माग - Pahilo Online

पूर्णबहादुरलाई रिहा गर्न परिवारको माग

writer

पहिलो अनलाइन

पथरी । मोरङको कानेपोखरी–६, स्थित शिवालय चोकको ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग माग गरेका छन् ।

राजनीतिक र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति प्रयोग गरी आफ्नो परिवारको सदस्यलाई फसाईएको बताउँदै सत्य तथ्य छानविन गरी तत्काल छोड्न माग गरेको हो । बोहोराको परिवारले विहिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको माग गरेका थिए । राजनीतिक र व्यक्तिगत विषयलाई लिएर धेरै व्यक्ति लागेर आफ्नो श्रीमानलाई फसाएको उनको श्रीमती सुनिता बोहोराले बताईन् ।

बोहोरा परिवारले विज्ञप्ती प्रकाशित गर्दै अहिले सम्म परिवार र गाउँमा असल, जिम्मेवार व्यक्तिको भूमिका निर्वाह गर्दै आउनु भएको र अहिले सम्म कसैसँग झै झगडा पनि नगरिएको उल्लेख छ । पेस्तोल सहित पक्राउ परेको रुद्रबहादुर क्षेत्रीले प्रहरीलाई दिएको बयानमा पेस्तोल जस्तो अवैधानीक हतियार पूर्णबहादुरले दिएको भन्ने कुरा गलत रहेकोले बताएका छन् । यसको तत्काल सत्य तथ्य छानविन गर्न समेत विज्ञप्तीमा माग गरेका छन् ।

अवैध हतिार राखेको र व्यत्तिलाई दिएको कुरामा छरछिमेकी लगायत परिवारले कुनै पनि कोणबाट विश्वास गर्न नसकिने दाजु महेन्द्र बोहोराले बताए । सोझोपनको फाईदा उठाई सुनुयोजित तवरले मेरो भाईलाई फसाउन खोजेको हो । सत्य तथ्य छानविन गरी निर्दोषलाई नफसाइयोस भनी उनका दाजुले तत्काल रिहाईको माग गरेका छन् ।

प्रहरीले बुधबार राति ११ः१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई अमेरीकन पेस्तोल सहित पक्राउ गरेको थियो । क्षेत्रीको घरमै लुकाएर राखेको पेस्तोल र तीन राउण्ड गोली पक्राउ पछि क्षेत्रीले पूर्णबहादुर बोहोराले हरियार राख्न दिएको बताए पछि बोहोरालाई पनि सोही राती प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जनाए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes