‘सत्तामा रहेर भ्रष्टाचार गर्नेहरुको हिसाब किताब राख्नु पर्छ’ - Pahilo Online

‘सत्तामा रहेर भ्रष्टाचार गर्नेहरुको हिसाब किताब राख्नु पर्छ’

लिम्बुवान मञ्च लेटाङ नगर अध्यक्षमा किशोर राई

writer

पहिलो अनलाइन

लेटाङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले ठूला दलहरुले सत्तामा रहेर भ्रष्टाचार गरी मुलुक डुबाएको भन्दै तिनीहरुको हिसाब किताब राख्ने बताएका छन् । बुधबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च लेटाङ नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गुरूङले राष्ट्रिय लिम्बुवान मञ्च समावेशी राजनीतिक पार्टी भएको बताए । उक्त पार्टी लिम्बुहरूको मात्र हो भनेर समाजमा गलत बुझाइ रहेको हुनाले त्यस भ्रमबाट मुक्त भइ राष्ट्रको उन्नति, प्रगति, समावेसी र समृद्धीका लागि सम्पूर्ण नागरिकहरूले यस पार्टीलाई चुन्नु आवश्यक रहेको सुनाए । उनले नेपाली काङ्ग्रेस र एमाले पुँजीवाद तर्फ विगतदेखि नै लागिरहेको तर राष्ट्रवाद, राष्ट्रप्रेम मनमा थोरै मात्र पनि नभएको आरोप लगाए । उनले भने, ‘अहिलेको परिस्थितिमा ठूला पार्टी भनाउँदाका नेताहरू भष्ट्रचारमा लिप्त भएर देशलाई दिनानुदिन खोक्रो बनाउँदै लगिरहेको र हामी जनताले पनि निरन्तर उनिहरूलाई नै जिताउँदै सत्तामा पु¥याउने गल्ती गरिरहेको छौँ, त्यसैले अब आउँने नेतृत्व विकास, समृद्धी र परिवर्तनलाई सुम्पीऔं । यी सबै कुराहरू ल्याउने हामी हौं, त्यसैले हामीसँग सहकार्य गर्नुहोस् हामी देश बनाउछौं’ ।

वरिष्ठ उपाध्यक्ष गुरुङले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने आफुहरुले माग गर्दै आएको बताए । ‘हामी अब प्रदेशको नाम लिम्बुवान राख्ने मु्द्दामा प्रदेश सरकारसँग लड्छौं’, गुरुङले भने, ‘हाम्रो १० प्लस १ प्रदेशको माग भने केन्द्र सरकारसँग हुनेछ ।’
प्रदेश एकमा एकजना मात्रै समानुपातिक सांसद पाए पनि लिम्बुवान आन्दोलन बलियो हुने गुरुङको दाबी छ । ‘हामीले पहिल्यैदेखि जित्दै आएका छौं । संघीयता नै सुन्न नमान्ने देशमा ७ वटा संघीय राज्य स्थापनामा सहमत गराउनेसम्मको वातावरण हाम्रै आन्दोलनले बनाएको हो’, गुरुङले भने, ‘७ प्रदेशबाट ११ बनाउने अबको हाम्रो मुद्दा पनि बलियो हुन्छ ।’

कार्यक्रममा केन्द्रीय उप–महासचिव दिलकुमार लावतीले जल, जमिन र जंगलको अधिकारको विषयमा संघ सरकारसंग, भन्सार र भाषाको आन्दोलन भने प्रदेशसँगै गर्ने बताए । लिम्बुवान आन्दोलन जातीय आन्दोलन नभएर भूगोल र पहिचानको भएको पनि उनले दावी गरे ।
यसैगरी, जिल्ला अध्यक्ष दिलु लिङ्देनले अब पनि नेपाली जनताले सही एजेण्डा बोकेको पार्टी नरोज्ने हो भनें आफ्नो भाषा, लिपी, संस्कृति नै लोप भएर जाने बताइन् । लिङ्देनले जनताको जनमतबाट सत्तामा पुगेका नेताहरूले जनताको समस्याहरूमा नजरअन्दाज गरेको र आफ्नो स्वार्थमा लिप्त भएर राष्ट्रलाई भड्खालो तर्फ लगिरहको आरोप लगाइन ।


सो अवसरमा एलभी नगर ईञ्चार्ज राम माखिम, केन्द्रीय सचिवालय सदस्य चौकीदार तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमकै दौरानमा कार्यवाहक नगर अध्यक्ष किशोर राईले संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान नेपालको तेस्रो ऐतिहासिक नगर अधिवेशन २०७८ को प्रतिवेदन साथै राजनीतिक एजेन्डाहरू पनि प्रस्तुत गरेका थिए । साथै सो कार्यक्रमकै क्रमका करिब ३७५ जनालाई क्रियाशिल सदस्यता प्रदान गरिएको थियो । लेटाङ ६ स्थित महाभारत सामुदायिक वनको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा हरि चेम्जोङले स्वागत गरेका थिए ।

लिम्बुवान मञ्च लेटाङ नगर अध्यक्षमा किशोर राई
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल लेटाङ नगर समितीको बुधबार सम्पन्न तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा किशोर चाम्लिङ राई चयन भएका छन् ।
अधिवेशनले नगर बरिष्ट उपाध्यक्षमा दिनेस लम्बु, उपाध्यक्षमा हंश लिम्बू, सचिव शेर सिंङ लम्बुलाई चयन गरेको छ । यसैगरी सह–सचिवमा राम लम्बु, लक्ष्मि लम्बु, पदम चेम्जोङ, लाल ध्वज लिम्बू गरी चार जना रहेका छन् ।

नगर समितिको सदस्यहरुमा नबिना राई, विष्णुकुमारी लिम्बू, पतिक राम सावा, याम नेम्बाङ, जीवन चेम्जोङ, निरज लावती, झलक लिम्बू, बुद्धिमान बिक, बिजयजंग चेम्जोङ, गोबिन्द चेम्जोङ, लक्ष्मि लिम्बु, हरेन्द्र राई, नरकुमार लिम्बू रहेका छन् । यस्तै अन्य सदस्यहरुमा हरी चेम्जोङ, देबेन्द्र लिम्बू, पूर्ण लावती लिम्बू, प्रकाश योङहाङ, चन्द्र लिङ्दम, भिमराज लिम्बू, टिका मिभक, कबिता तमाङ र बिबेक लिम्बू रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes