सन्दीपले (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्ने - Pahilo Online

सन्दीपले (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्ने

writer

मोरङ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र होबार्ट उनको दोस्रो टिम हो । सन्दीपले यस अघि बीबीएलको दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन्।

सन्दीपले होबार्टबाट खेल्न पाउनु सम्मान भएको बताएका छन् । ‘बीबीएल १० को लागि होबार्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु । अष्ट्रेलियामा मैले सधैँ माया र सम्मान पाएको छु,’ सम्झौतापछि २० वर्षे सन्दीपले भनेका छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि थप कुर्न सक्दिनँ ।’ होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए । ‘हामी देखेका छौँ कि सन्दीपले रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्न सक्छन् । इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन् । उनी एक विकेट टेकर हुन् जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछ,’ उनले भनेका छन् ।

बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ । यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् । यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes