पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगितामा वडा नं. २ र ७ शिर्ष स्थानमा - Pahilo Online

पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगितामा वडा नं. २ र ७ शिर्ष स्थानमा

writer

छविराज ढकाल

पथरीशनिश्चरे / मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज सम्पन्न भएका खेलहरूमा वडा नम्वर ०२ र ०७ पोल बी र ए तर्फबाट शिर्ष स्थानमा पुग्न सफल भएका छन्।

आज शुक्रबार पञ्चायत माविको खेल मैदानमा संचालित सन्सनीपूर्ण र प्रतिस्पर्धात्मक सो प्रतियोगितामा वडा नं ०२ ले वडा नं ४ लाई बराबरीमा रोकेर सात अंक सहित पोल बी तर्फको शिर्ष स्थानमा अग्रता कायमै राख्न सफल भएको हो ।,.
उता ,वडा नं ४ ले१ अंकसहित कुल ५अंक जोडेर तेस्रो स्थानमा पुग्न सफल भएको छ।

खेलको निर्धारित समयको दुवै वडाका टिमहरूले कुनै पनि गोल गर्न नसके पछि खेल बराबरीमा टुंगिएको थियो। दुवै पक्षका खेलाडीले थुप्रै अवसरहरु हुँदाहुँदै पनि गुमाएका थिए।।

यसैगरी, आजै सम्पन्न अर्को दोस्रो खेलमा वडा नम्बर ७ ले ३ अंक जोड्दै पोल ए को शिर्ष स्थानमा उक्लन सफल भएको छ।
वडा नम्बर ०७ ले वडा नम्बर ९ विरूद्ध ४-२ गोलको अन्तरमा पराजित गर्दै पोल ए को शीर्ष स्थानमा उक्लिन सफल भएको हो।
प्रतियोगिताको पहिलो हाफमा दुवै वडाहरूले १/१ गोल गर्दै खेललाई बराबरीमा रोके पनि दोस्रो हाफपछि भने खेलमा सन्तुलन मिलाउने नसक्दा वडा नम्बर ९ २ का विरूद्ध ४ गोलले पराजित हुँदै स्तब्ध बन्नु पर्यो।

आजको खेलमा वडा नम्बर ७ चार अङ्क जोड्दै र सबैभन्दा बढी स्कोर गर्दै आफ्नो टिमलाई पोल ए को शिर्ष स्थानमा उक्लन सफल भएको हो।
भोलिको पहिलो खेल वडा नम्बर ३ र ६ तथा दोस्रो खेल वडा नम्बर १ र २ बिच हुने आयोजकले जनाएको छ।
उक्त अवसरमा वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राई, वडा नम्बर ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा नम्बर ७ का वडाध्यक्ष उद्धव बस्नेत र नम्बर १० का वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्यहरू चन्द्रकुमार राई, खिलराज घिमिरे सहित खेलप्रेमी महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes