सीमा सिल गरेपनि काँकडभिट्टाबाट २४ सय नेपाली र भारतीयको ओहोरदोहोर - Pahilo Online

सीमा सिल गरेपनि काँकडभिट्टाबाट २४ सय नेपाली र भारतीयको ओहोरदोहोर

writer

Santosh Khaling Rai

भद्रपुर । सरकारले सीमा सिल गरेकै दिन झापाको पूर्वी नाका काँकडभिट्टाबाट करिब २४ सय मान्छे ओहोरदोहोर गरेका छन्। नोबेल कोरोना भाइरस (कोभिड १९) सीमा क्षेत्रबाट भित्रिने जोखिम बढेसँगै मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी एक साताका छिमेकी मुलुक भारत र चीनसँगको सबै सीमा नाका सिल गरेको हो। सरकारले सीमा सिल गरेपछि भारतबाट नेपाल फर्किने र नेपालबाट भारत फर्किने दुवै देशका नागरिक काँकडभिट्टा नाकामै अलपत्र परेका थिए। भारतले एक दिन अघि आइतबार मात्र ‘जनता कर्फ्यु’ लगाउँदै भारततर्फका सबै नाका सिल गरेका थिए।

भारतले सिल गरेका दिन पनि नाकाबाट आवतजावत ठप्प भएको थियो। दुई दिन नाका ठप्प भएपछि दुवै देशका नागरिक गन्तव्यतर्फ जान समस्या परेको थियो। सोमबार बिहान १० बजे अघि काँकडभिट्टा नाकाबाट करिब दुईहजार जनालाई आआफ्नो गन्तव्यतर्फ पठाएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। उनका अनुसार काँकडभिट्टाबाट १६ सय २७ जना भारतीय नागरिक र ७३ जना नेपाली नागरिक भारत पठाएको हो। भारतबाट ३ सय १५ जना नेपाली नागरिक नेपाल प्रवेश गरेको हो। ।

बिहान १० बजेपछि पूर्ण रूपमा काँकडभिट्टामा आवतजावतमा रोक लगाए पनि नाकामा गन्तव्य पुग्ने नागरिकको भीड बढ्दै गइरहेको थियो। भारतबाट नेपाल आउने नेपाली नागरिकले काँकडभिट्टा पुलमै घर फर्किनु पर्छ भन्दै प्रहरीलाई दबाब दिँदै केही बेर नाराबाजी समेत गरेका थिए। ‘गन्तव्य पुग्ने यात्रु नाकामा अलपत्रमा परेपछि झापा प्रशासनले उनीहरूलाई नेपाल प्रवेश गर्न दिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी राईले भने, भारततर्फ जानेलाई पनि पठाएको छौं। भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइन बस्नु भनी आग्रह गरेर भित्राएका छौं।’ ‘काँकडभिट्टाबाहेक जिल्ला भद्रपुर, केचना, कुमरखोद, गौरीगञ्जलगायतका सबै नाकाबाट आवतजावत गर्न दिएका छैनौं,’ उनले थपे। काँकडभिट्टामा दुई जना चिकित्सकसहित १० जनाको टोली खटाइएको छ।

’नेपाल प्रवेश गर्न नेपाली नागरिकको ज्वरो नाप्ने थर्मल गन प्रयोग गरी स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइरहेका छौं’, जिल्ला स्वास्थ्य कार्यालयका जीव चौलागाईले भने, ‘सोमबार नेपाल प्रवेश गरेका सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्नु भनी आग्रह गरिसकेका छौं।’ काँकडभिट्टा नाका सिल गरेकै दिन भारतको पानीट्यांकी नाकाबाट एकसय बढी मालवाहक र पेट्रोलियम पदार्थका सवारीसाधन नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes