भुमिका आजका युवामा रहेको छ र त्यो अपरिहार्य आवश्यकता पनि देखिएको छ । त्यसैले सामुदायिक वन समूहहरुमा निम्न अनुसारका अभ्यासहरु सफलतापूर्वक अगाडि बढाउन संभव देखिएका छन् र प्रयास भइरहेका छन् । त्यसलाई व्यक्ति–व्यक्ति, घर–घर, समुदाय–समुदायबीच छलफल र बहसको विषय बनाउनु पर्ने देखिन्छ । साथै आवश्यक नीति निर्माणका लागि पहल कदमी गर्नुपर्ने र अवस्थानुकुल जनमुखी नीति बनाउन दवाव समेत सिर्जना गर्न सक्नुपर्ने आजका युवाको महत्वपूर्ण भूमिका हो भन्न सकिन्छ ।
जैविक विविधताको संरक्षण
लोपोन्मुख वनस्पतीको संरक्षण, पशुपंक्षी, पानीको श्रोत, भू–क्षय नियन्त्रण, आगलागी नियन्त्रण जस्ता कार्यहरु सामुदायिक वन समूहले गरिरहेका छन् । प्रभावकारीरुपमा निरन्तरताको अवश्यकता रहेको छ ।
समावेशी प्रक्रिया
सामुदायिक वन समूहमा कुनै जात, धर्म, लिङ्ग, समूह, विशेष नभई सबै पक्ष समावेश हुने भएको हुँदा सामाजिक रुपान्तरणको एक कडीको रुपमा लिन सकिन्छ ।
सामाजिक र आर्थिक उन्नति
समुदायमा गरिने विकास निर्माण जस्तैः विद्यालय, बाटो, पुल, कल्भर्ट, विजुली, सामुदायिक भवन तथा प्राथमिक उपचारका निम्ति सेवा र टेलिफोन जस्ता कार्यहरु राज्यले दृष्टि पुर्याउन नसकेका र गर्नुपर्ने ठाउँहरुमा सामुदायिक वन समूह क्रियाशिल छन् । त्यसबाट लाभान्वित उपभोक्ताहरुले आर्थिक र सामाजिक उन्नति गरेको पाइन्छ ।
वनको सतत् उपयोग र न्यायोचित वितरण प्रणाली
वन कहिल्यै नरित्तिने भण्डार हो । बुढा र उमेर पुगेका रुख हटाई प्रयोग गर्नु नयाँ उत्पादनलाई संरक्षण र सम्बद्र्धन गर्नु यसको प्रक्रिया हो । सामुदायिक वन समूहले वन पैदावर वितरणमा होस वा समूहको कोषको प्रयोगमा न्यायिक कुरामा भन्दा न्यायोचित पक्षलाई प्राथमिकता दिने क्रम सुरु भएको छ । यसलाई अझ व्यापक र व्यवहारिक बनाउन समूह सक्षम हुनुपर्ने अवस्था रहेको छ ।
लैङ्गीक विभेदको अन्त्य
समुदायमा विभिन्न विभेदसँगै महिला पुरुष बीचको विभेदलाई सामुदायिक वनले अन्त्य गर्ने प्रयास गरेको छ । समान सहभागिताको अवधारणालाई अगाडि सारेको छ । व्यवहारमा अझै क्रियाशिल रहनुपर्ने अवस्था छ ।
नेतृत्व विकास र निर्णय पक्रियामा संलग्नता
सामुदायिक वन समूहमा सबै वर्ग र व्यक्तिहरुले नेतृत्व गर्न सक्ने अवस्था रहने र सबै विषयमा सबैले निर्णय गर्न, छलफल गर्न, आफ्नो विचार राख्न र अल्पमतको समेत कदर गरी निर्णय क्रम सामुदायिक वन भित्र रहने हुँदा नेतृत्व विकासमा सँगै निर्णय प्रक्रियामा आफ्नो हैसियत बन्दै जान सक्नेछ ।
निर्णयमा आम सहमति
कुनै विषयमा फरक मत आउनु स्वभाविक हो । निर्णय गर्दा अल्पमत र बहुमत हुँदा त्यसले कार्यान्वयनमा बाधा पुग्न सक्दछ । तर सामुदायिक वन समूहमा आमसहमतिको प्रक्रियाले समुदायमा सहजताको वातावरणमा कुनै पनि कार्य सम्पादन हुन सक्दछन् ।
शक्ति सन्तुलन, पहुँच र विकेन्द्रीकरण
समुदायभित्रका जाति वर्ग र पछाडि पारिएकाहरुको समेत नेतृत्व र संलग्नता अनिवार्य रहेको हुँदा सामाजिक हैसियत राख्न अभ्यास गर्ने थलोको रुपमा र शक्ति केन्द्रीत नभई अधिकार सुरक्षित रहने हुँदा यसले शक्ति सन्तुलन र पहुँचलाई बढाउँछ र विकेन्द्रीकरणको सिद्धान्तलाई अबलम्बन गर्न सकिन्छ ।
सीप ज्ञानको विकास
सामुदायिक वन समूहभित्र भएका कार्यहरुबाट उपभोक्ता तथा समुदायहरुमा विभिन्न खालका उद्योगधन्दा सञ्चालन गर्ने संरक्षण र सम्बद्र्धनमा सीप ज्ञान प्राप्त गर्ने, अध्ययन अनुसन्धान गर्ने क्षमता विकास बढ्दै गएका छन् ।
स्थानीय, प्रदेश र केन्द्रीय सरकार संग आग्रह
सर्वसाधारण जनता गाउँगाउँमा रहेका छन् । सामुदायिक वन समूहहरु ज्नताका आधारभुत बलियो जग हो । आज देश निरंकुशताको विरुद्धमा उभिएको छ । त्यस्तै सामुदायिक वन प्रजातन्त्रमा मौलाउछ र निरंकुशतामा दुव्लाउँछ भन्ने माथि नै उल्लेख भइसकेको छ । यसैगरी, संविधानमा नेपाली जनताका अधिकार बहाली कसरी गर्ने ? संविधान, ऐन के हो ? यसभित्रका अन्तरवस्तु के के हुन सक्छन् ? सबै जाति र वर्गहरुको संलग्नता र अधिकारको सुरक्षाका निम्ति कसरी व्यवस्था गर्न सकिन्छ जस्ता कुराहरु सामुदायिक वन समूहमा व्यापक छलफल चलाउन राम्रो सम्भावना रहेको छ ।
राजनैतिक दल, सरोकारवालाहरुको भूमिका
लोकतान्त्रिक गणतन्त्रको अवधारणालाई जनसमक्ष अभ्यास गराउन र दिगो विकासको लागि वातावरण संरक्षणसंगै जनताको जीविकोपार्जनसंग जोडिएको जल, जमिन र जंगलसँगै प्राकृतिक श्रोतमध्येको वन व्यवस्थापनमा सामुदायिक वनले गरेको अभ्यासका सिकाईलाई अगाडि बढाई वन व्यवस्थापन गर्न पाउने जनताको अधिकारलाई सुरक्षित गर्ने खालका नीति निर्माण गरी कार्यान्वयनका लागि प्रशासनिक संयन्त्र निर्माण गर्नु र समूहहरुमा सहजीकरण गर्ने वातावरणको लागि राजनैतिक दलले अहम् भूमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको देखिन्छ ।
अन्त्यमा भाथिका सबै विषयहरुसंग सहकार्य र समन्वय गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हातेमालो गरी अगाडि बढ्न चाहन्छ ।
(लेखक सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगर अध्यक्ष हुन् । सं.)