किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी उद्घाटन - Pahilo Online

किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी उद्घाटन

writer

सन्तोष राई

शनिश्चरे ।  पथरी शनिश्चरे वडा नं. ७ किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
आज इलाका प्रहरी कार्यालय पथरीको आयोजनामा गरिएको अस्थायी चौकीको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो ।
पथरी शनिश्चरे वडा नं. ७ र ४ को सिमानामा अवस्थित किर्तिपुर बजारको शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली खटाइएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा एसपी नवराज कार्की, समाजसेवी जहरमान लिम्बु, इप्रका पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, पूर्व वडा अध्यक्षद्वय कपिलमणि ढकाल र गोविन्द बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा वडा सदस्यहरु र वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes