पथरीशनिश्चरेको काइली चोकमा यलम्बरको मूर्ति अनावरण - Pahilo Online

पथरीशनिश्चरेको काइली चोकमा यलम्बरको मूर्ति अनावरण

writer

पहिलो अनलाइन

पथरी ।  मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति एक औपचारिक कार्यक्रमको बीच नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गरेका हुन्। नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा र पित्तल)को मूर्ति स्थापना भएको हो ।

साढे ५ फिटको यलम्बरको मूर्ति नगर प्रमुख तुम्बापोले आज अनावरण गरेका हुन् । यसअघि संघीय सरकारबाट १४ लाख १० हजार, स्थानीयबाट १ लाख ८ हजार ५५९ बजेटबाट मूर्ति राख्ने बेस निर्माण भएको थियो । मूर्ति राख्ने बेस निर्माण महेन्द्र राईको अध्यक्षतामा निर्माण समितिले गरेको थियो । मूर्ति निर्माण संयोजन भने सन्तोष गुरुङ, कर्ण नेम्वाङ, जोन सुब्बा लगायतका समितिले गरेका थिए ।

यलम्बरको मूर्ति अनावरण कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, वडा नं. १ का वडाध्यक्ष भीम राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, बसन्ती गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes