मुडियारी समुदायको भेला मोरङमा हुने - Pahilo Online

मुडियारी समुदायको भेला मोरङमा हुने

writer

बाबुराम मुडियारी

मोरङ/ नेपालमा सदियौ देखि तराईको भू भागमा बसोबास गदै आएको अल्पसंख्यक तथा अति सिमान्तकृत समुदाय मुडियारी जाति को कटहरी गाउँ पालिका वडा नं ७ को मुडियारी गाउँ भेला कटहरी गाउँ पालिका वडा नं ७ को मुडियारी टोल डंगटोली मा शनिवार हुने भएको छ।

मुडियारी जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय सचिव सूर्य नारायण मुडियारीले सो भेला हुने सम्बन्धि जानकारी गराउनुभएको छ। मुडियारी जाति समुदायहरूको जातिय भेषभूषा सहितको नाचगान तथा झाँकी प्रदर्शन लगाएत कार्यक्रम गरिने सचिव मुडियारी ले जानकारी दिनुभएको छ। संस्था ले गाउँ भेला हरू आयोजना लाई तिव्रता दिएको छ।

हालै कटहरी गाउँ पालिका वडा नं ५ को मुडियारी भेला सम्पन्न गरेको थियो। मुडियारी समुदाय हरू आदिवासी भएतापनि राज्यले आदिवासी जनजाति समुदायमा सूचिकृत गरेको छैन। मुडियारी समुदायहरू तराईको मोरङ र सुनसरी जिल्लाको केही पालिका हरूमा मुख्य बसोबास को थलो रहेको पाईन्छ । मुडियारी समुदायहरूले मुडियारी ,झाँगड पनि लेख्ने गरेको पाईन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes