मोबाइलमा ब्याट्री छिटो चार्ज गर्ने र धेरै समय टिकाउने उपाय - Pahilo Online

मोबाइलमा ब्याट्री छिटो चार्ज गर्ने र धेरै समय टिकाउने उपाय

writer

मोरङ । अहिलेको युगमा मानिसको दैनिक जीवनको सबैभन्दा आवश्यक अंग बनेको छ, मोबाइल । मोबाइल फोनले घडी, क्यामरा, रेडियो तथा टिभीलगायतका कामहरू गर्ने हुँदा मोबाइलबिना एकछिन पनि बस्न नसक्ने समेत भइसकेका छौँ । धेरै समय मोबाइल चलाउने गर्दा मोबाइलको ब्याट्री छिट्टै सकिन्छ । धेरैजसो स्मार्टफोनको ब्याट्री नटिक्ने र चाहेको बेलामा मोबाइल चार्ज गर्न नपाउने हुँदा उक्त समस्याले मानिसहरूलाई तनावमा पारिरहेको हुन्छ ।

फोनको ब्याट्री सकेपछि चार्ज गर्न केही समय कुर्नपर्ने हुन्छ । तर, मोबाइलको केही साना कुराहरूमा ध्यान दिन सकियो भने मोबाइलको ब्याट्री छिट्टै चार्ज हुनुका साथै छिट्टै चार्ज घट्ने समस्याबाट पनि मुक्त पाइन्छ । मोबाइललाई फ्लाइट मोड अथवा अफ गरेर चार्ज गर्दा मोवाइल छिटो चार्ज हुने गर्छ ।

फोन अफ गर्दा वा फ्लाइट मोडमा राख्दा त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस तथा अनेकौँ एपहरू बन्द हुने भएको कारणले फोन छिट्टो चार्ज हुन्छ । यसो गर्दा मोबाइलको चार्ज धेरै टिक्नुका साथै फोन सुरक्षित पनि रहन्छ । लाइन जाने डरले फोनको चार्ज सकिन्छ भनेर चार्ज हुँदाहुँदै पनि पटक–पटक चार्ज गरिरहेका हुन्छौं ।

तर, यसरी ब्याट्री पूरै कम नभइ पटक–पटक फोनलाई चार्ज गर्दा फोनको ब्याट्रीको आयुलाई कम भइ बिग्रिने हुन सक्छ । आफ्नो फोनको ओरिजनल चार्जर बाहेक अरुको फोनको चार्जर प्रयोग गर्दा पनि फोनको ब्याट्री छिटो सकिन्छ । त्यसैले, हामीले जहिले पनि फोनको ओरिजनल चार्जर प्रयोग गरेर मात्र चार्ज गर्नुपर्छ । अधिकांश मानिसहरू समय बचाउनका लागि राति सुत्नेबेलामा मोबाइल चार्जमा राखेर सुत्ने गर्छन् ।

तर, यसरी रातभरि फोनलाई चार्जमा राख्दा शक्ति निरन्तर ब्याट्रीमा गइ ब्याट्रीको आयु कम हुन्छ र ब्याट्री नटिक्ने समस्या देखा पर्न थाल्छ । फोनको जिपिएस र वाइफाइ अन भएको कारणले पनि ब्याट्री छिट्टो सकिन्छ । साथै लगातार भाइब्रेसनमा राखेर फोन चलाउनु पनि ब्याट्रीको आयु कम गर्ने एक प्रमुख कारण मान्न सकिन्छ । फोनलाई धेरै तापक्रम पर्ने ठाउँमा राख्नु हुँदैन । फोनलाई युएसबी पोर्ट, पावर ब्यांकबाट भन्दा पनि विजुलीबाट चार्ज गर्नुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes