आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण - Pahilo Online

आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण

writer

पहिलो अनलाइन

आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ।

राति २ बजेर ३८ मिनेट जाँदा ग्रहण मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।

समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा पनि आजको चन्द्रग्रहण उल्लेख छ।

यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै मात्र ग्रहण भएको समितिले जनाएको छ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्राहलयका अनुसार यो चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ।

नेपालसँगै एसियाली मुलुक, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि याे ग्रहण देखिनेछ।

गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes