मन्त्री तिम्सिनाद्वारा भागीरथ माविको अनुगमन - Pahilo Online

मन्त्री तिम्सिनाद्वारा भागीरथ माविको अनुगमन

writer

पहिलो अनलाइन

शनिश्चरे । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पथरी शनिश्चरे–४ मोरङस्थित भागीरथ माध्यमिक विद्यालयको अनुगमन गर्दै विद्यालय परिवारसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभएको छ।
सो अवसरमा सामाजिक विकासमन्त्री गीता तिम्सिनाले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले उठाएका समस्याहरू आफूले टिपोट गरेको बताउँदै विद्यालयका आवश्यकतामा केही न केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री तिम्सिनाले आफू मन्त्री भएपछि पहिलोपटक औपचारिक रूपमा आफ्नो निर्वाचन क्षेत्रमा आएको उल्लेख गर्दै सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफू क्रियाशील रहने बताउनुभयो।
कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्बापोले आइसिटी ल्याब निर्माणका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक नतिजामा सुधार ल्याउँदै विद्यार्थी सङ्ख्या वृद्धि गर्न विद्यालय प्रशासनले थप प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।
विद्यालयका प्रधानाध्यापक जानकी चेम्जोङले विद्यालयमा आइसिटी ल्याब, बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा सभाहल आवश्यक रहेको जानकारी गराउँदै आइसिटी ल्याब निर्माणका लागि प्रस्तावसमेत पेस गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रसाद मिश्रले विद्यालयका समस्या समाधानका लागि स्थानीय तह र प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो।
विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक प्रतिनिधि चेतनाथ पौडेलले मन्त्री तिम्सिनासहित पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक शैलेन्द्र बस्नेतले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको सहभागिता रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles