स्वस्थ जीवनको लागि मज्जाले सुत्नुस् - Pahilo Online

स्वस्थ जीवनको लागि मज्जाले सुत्नुस्

writer

पहिलो अनलाइन

मान्छेहरु भन्ने गर्छन्, धेरैबेर सुत्नु हुँदैन । सुताईले मान्छेलाई अल्छी बनाउँछ । जबकी शरीरका कयौ अंगहरुलाई आराम दिलाउन पनि निद्रा निकै आवश्यक छ । जब हामी गहिरो निद्रामा हुन्छौ, शरीरले विषादी सफा गर्ने काम गर्छ । त्यसैले, त सुतेर उठेपछि हामी हल्का महसुस गरिरहेका हुन्छौ ।

गहिरो निद्रा शरीरका विभिन्न अंगहरुका लागि मात्र हैन, छालामा चमक ल्याउन तथा छालालाई स्वस्थ राख्न समेत आवश्यक छ । त्यसैले त, निद्रा पूरा नहुनासाथ त्यसको असर सबैभन्दा पहिले अनुहार तथा छालामा देखिने गर्छ । र, आँखाको तल्लो भाग कालो हुने गर्छ । त्यतिमात्र हैन, निद्रा पूरा नभए यसको असर मानसिक रुपमा समेत देखिने गर्छ । निद्रा पूरा नभएमा स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् ।

मुड डिस्अर्डरः निद्रा पूरा नभएमा व्यक्ति चिडचिडापन हुने गर्दछ । लामो समयसम्म यस्तो चिडचिडापन रहेमा व्यक्तिमा मुड डिस्अर्डरको समस्या हुने गर्दछ । यसको कारण के हो भने, जब हामी सुत्छौ, त्यतिबेला मस्तिष्कले आफ्नो भावनात्मक सूचनालाई प्रोसेस गर्दछ । परिणामस्वरुप, सूचना मस्तिष्कमा यादको रुपमा स्टोर हुनेगर्छ ।

जब निद्रा पूरा हुँदैन, प्रक्रियामा तलममाथि हुने गर्छ । र, मुड डिस्अर्डर लगायतका अन्य भावनात्मक समस्या उत्पन्न हुनथाल्छ । यही नै कारण हो, निद्राको कमी भएमा त्यसको असर मानसिक स्थितिमा पर्ने गर्छ । हामी झर्काे मान्न थाल्छौं । दिमाग ताजा नभएजस्तो महसुस गर्न थाल्छौं । जसका कारण कयौ पटक भर्खर भएको कुरा भर्खरै विर्सने समेत गर्छाै ।

मधुमेहको खतरा

प्रायः के सम्म देखिएको छ भने जब हामी निद्रा पूरा गर्दैनौ, हामी जंकफुड तथा चिनीयुक्त खानेकुराको अधिक सेवन गर्दछौ । जसका कारण मधमेह लगायत जीवनशैलीसित सम्बन्धित विभिन्न रोगहरुलाई निमन्त्रणा दिने गर्दछौ ।

स्मरणशक्ति कमजोर

विभिन्न अनुसन्धानहरुले पत्ता लगाए अनुसार निद्रा पूरा नहुनुको सिधा सम्बन्ध याददास्तसित हुन्छ । खासगरी, जब हामी गहिरो निद्रामा सुत्छौ, त्यतिबेला दिमागले अफूलाई रिसेट गरिरहेको हुन्छ । निद्रा पूरा नभएमा यो प्रक्रियामा समस्या पैदा हुन्छ । निद्राको कमीको कारण तन्त्रिकामा तिव्र हानी पुग्छ ।

मोटोपना बढ्छ

जब हाम्रो निद्रा पूरा हुदैन, हामी विहान छिटो उठ्न सक्दैनौ । यस्तो स्थितिमा खानपानको समय गडबडिने गर्छ । त्यतिमात्र हैैन, खानपानको गडबडी भएमा व्यक्तिलाई उच्च क्यालोरीयुक्त खानेकुरा खान मन लाग्छ ।

थकान महसुुस हुनु

निद्राको कमीले शरीरमा थकान पैदा गर्ने रसायनको उत्पादन बढी हुने गर्छ । जसका कारण शरीर शिथिल हुने, दिनभरी थकान महसुुस हुने, बारम्बार हाई आउने, आँखादुख्ने, टाउको भारी हुने, भोक नलाग्ने, जीउ दुख्ने, काम गर्न मन नलाग्ने, पेट दुख्ने, कब्जियत हुने लगायतका समस्या उतपन्न हुने गर्दछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes