यो प्याक लिन जिएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ। त्यसैगरी सिडिएमए मोबाइलमा प्याक लिन FDPACK लेखेर १४१५ मा डायल गर्न सकिन्छ।
२५ रुपैयाँमा टेलिकमको नयाँ अफर
सो प्याक आजदेखि आगामी मंगलबारसम्म खरिद गर्न सकिने छ। एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ। तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ।प्याक बिना टेलिकमको जिएसएम मोबाइलबाट कुरा गर्दा पोस्टपेडमा प्रति मिनेट १ रुपैयाँ र प्रिपेडमा १ रुपैयाँ ५० पैसा शुल्क लाग्छ। यसमा कर जोडिएको छैन। एक घण्टा प्याक लिएर कुरा गर्दा पोस्टपेडमा ३५ रुपैयाँ र प्रिपेडमा ६५ फाइदा हुन्छ। २५ रुपैयाँको प्याक भने करसहितको हो।