गुगलबाटप्राप्त गर्न सकिन्छ डिलिट भएका नम्बरहरु - Pahilo Online

गुगलबाटप्राप्त गर्न सकिन्छ डिलिट भएका नम्बरहरु

writer

पहिलो अनलाइन

अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह गरिरहेको छ ।

तर कहिलेकाहिँ दुर्घटनावश स्मार्टफोनमा रहेका नम्बरहरु डिलिट हुन पुग्छन् । त्यसपछि सबैभन्दा ठूलो समस्या नै अत्यावश्यक फोन नम्बरहरुलाई पुनः प्राप्त गर्नु अर्थात् रिस्टोर गर्नु नै हुन्छ ।

· सबैभन्दा पहिले आफ्नो ब्राउजरमा गुगल कन्ट्याक्ट्स contacts.google.comवेबसाइट खोल्नुहोस् । तपार्इंका नम्बरहरु जुन जिमेल ठेगानासँग आबद्ध गर्नुभएको थियो सोही जिमेलमा लगइन गरी ब्राउजरमा उक्त साइट खोल्नु आवश्यक हुन्छ ।स्मार्टफोनबाट डिलिट भएका कन्ट्याक्टसहरु प्राप्त गर्न तपार्इंले ठूलो चिन्ता गर्नु पर्दैन । गुगलको सहयोगले सजिलैसँग तपार्इंले गुगल ड्राइभमा सेभ भएका नम्बरहरु प्राप्त गर्न सक्नुहुन्छ । त्यसका लागि केही चरणहरु पूरा गर्नुपर्दछः

· वेबसाइट खोलिसकेपछि त्यसको माथि बायाँतर्फ रहेको मेन्यूमा जानुहोस् र Moreबटनमा क्लिक गर्नुहोस् । त्यसपछि तपार्इंले undo changes को अप्सन देख्नुहुनेछ ।

· तत् पश्चात आफूलाई जुन समय भित्र डिलिट भएका वा परिवर्तन गरिएका सम्पर्क नम्बरहरु पुरानै अवस्थामा चाहिएको हो, सोही अनुसारको समय छानेर रिस्टोर गर्न सक्नुहुन्छ । यस प्रकार तपार्इंले डिलिट वा इडिट भएका सम्पर्क नम्बरहरु पुनः प्राप्त गर्न सक्नुहुन्छ । तर ध्यान दिनुपर्ने कुरा के भने तपार्इंले ३० दिन भित्रमा डिलिट भएका कन्ट्याक्स रिस्टोर गर्नैपर्दछ । अन्यथा रिस्टोर गर्न सकिँदैन ।

एजेन्सीको सहयोगमा

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2022 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes