स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न - Pahilo Online

स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा नगरले सञ्चालन गरेका ८ वटा स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज नगर अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका स्वास्थ्य संस्थाहरुको थप व्यवस्थापनमा नगर लागिपर्ने वताए ।

पथरी, शनिश्चरे र हसन्दहमा ३ ठाउँमा आयोजना भएको कार्यक्रममा न्यूनतम सेवा मापदण्ड निर्धारण मुल्यांकन समिति गठन गरिएको छ । समितिले स्वास्थ्य संस्थालाई थप व्यवस्थित गर्न न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरणकालागि अध्ययन गरेर प्रतिवेदन बुझाउने उल्लेख गरिएको छ । कार्यक्रममा जनप्रतिनिधिका साथमा सम्वन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes