उद्घाटन खेलमा विराटनगरको बिजयी सुरूवात - Pahilo Online

उद्घाटन खेलमा विराटनगरको बिजयी सुरूवात

writer

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर ११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित ग¥यो ।निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरि टिमलाई अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३० यार्डदेखि पोस बार च्यापरेर गरेको प्रहार जोली चुम्यो । खेल सुरू भएको ८ मिनेटमा गोल खाएपछि दबावमा परेको पाहुना टोली सिक्किमले खेल सुरू भएको ८ मिनेट बित्न नपाउँदै गोल गरि खेल बराबरीमा ल्याए ।

खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदुपयोग गर्दै साङगे छोपेन भुटियाले सानदार गोल गरे । खेलको २० मिनेटमा विराटनगरका सुनिल खड्काको वान भर्सेस वानको प्रहार सिक्किमका गोल किपर अवजित रोयले उत्कृष्ट बचाउ गरिदिए । सिक्किमका भुवन बस्नेतले खेलको २४ मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको सशत्त प्रहार बारियो । खेलको ४१ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले निकालिदिएको क्रस पास कप्तान दिपक राईले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

पहिलो हाफसम्म १÷१ गोलको बराबारी भएको खेलमा दोस्रो हाफदेखि विराटनगर आक्रमक भएर मैदानमा उत्रियो । दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले जालि चुम्यो । खेल सुरु भएको ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबिक्स बाहिरदेखि गरेको उत्कृष्ट प्रहार बारमा लागेर बाहिरियो । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।

खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शुक्रबारको खेल भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर ११ का प्रशिक्षक संजिव बुढाथोकीले खेलाडीहरूको मेहनतको कारणले सफलता हात पारेको बताए । उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए । ‘थुप्रै गोल गर्ने अवसर हाम्रो खेलाडी गोल गर्नबाट चुक्यो,’ उनले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाएर खेल्नेछन् ।’ सिक्किम युनाइटेकका प्रशिक्षक नाडम भुटियाले राम्रो खेल्दा खेल्दै पनि हार व्यवरर्नु परेको बताए । ‘धेरै गोल गर्ने अवसर केटाहरूले गोल गर्नबाट चुक्दा हार व्यहोर्नुपरेको छ ।’

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । वैशाख ४ सम्म हुने प्रतियोगिताका सब खेल साँझमा हुनेछन् । शहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन । तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

विजेताले १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार, प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, हाइस्कोरर, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes